२२ मंसिर काठमाडौं । एनएमबि बैंकले प्रुडेन्सियल फाइनानस पनि गाभ्ने भएको छ । मर्जरसम्बन्धी सम्झौतापत्रमा आइतबार साँझ एनएमबि बैंकका तर्फबा संचालक तथा मर्जर कमिटिका संयोजक कमलेशकुमार अग्रवाल र प्रुडेन्सियल फाईनान्सतर्फबाट संचालक मनोरन्जन रमण शर्माले हस्ताक्षर गरे ।
यसअघि नै बैंकले क्लिन इनर्जी बैंक, पाथिभरा विकास बैंक र भृकुटी विकास बैंकसँग मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भईसकेकोा छ ।
मर्जपश्चात बैंकको पुँंजी तथा जगेडा कोष ६ अर्ब पुग्नेछ भने निक्षेप ४३ अर्ब ४८ करोड र कर्जा ३४ अर्ब ६५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । त्यसैगरी मर्जपश्चात बैंकका ६९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ३८ एटीएम हुनेछन ।
भविष्यमा बैंकले अन्य रणनीतिक साझेदारीता भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4