Comments Add Comment

५० हजार दिएर देउमायाले श्रीमानको हत्या गराएको खुलासा

daumaya-katwal

२२ मंसिर, बिराटनगर । आफ्नै लोग्नेको हत्या गर्न एउटी महिलाले अरुलाई पैसा दिएर अह्राउँछिन् भन्ने सहजै पत्याउन गाह्रो हुन्छ । तर, मोरङमा एक महिलाले ५० हजार रुपैयाँ दिएर आफ्नै श्रीमानको हत्या गराएको सोमबार मोरङ प्रहरीले खुलासा गरेको छ ।

मोरङको केरौन गाविस-६ की ३५ वर्षीया देउमाया कटुवालले पति ३४ वर्षीय छत्रबहादुर कटुवालको हत्या गर्न हत्यारालाई ५० हजार रुपैयाँ सुपारी दिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा देउमायालाई प्रहरीले किरिया बसिरहेको ठाउँबाटै अन्य सहयोगीसँगै पक्राउ गरेको छ ।

मोरङ प्रहरीले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन गरी घटनामा सलग्न २७ वर्षीय जयबहादुर तिम्सिना, १९ वर्षकी झुमा नेपाल, ५० वर्षीया विष्णुमाया पौडेल, ३० वर्षकी रीता तिम्सिना र २० वर्षीय सुरज लिम्बूलाई सार्वजनिक गरेको छ ।

देउमायाले श्रीमानको हत्याका लागि झापा जिल्ला महेशपुर-१ का सुरज लिम्बू र मोरङ बयरवन-७ का जयप्रकाश तिम्सिनालाई ५० हजार रुपैयाँ दिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले बताए ।

वैदेशिक रोजगारीमा गएका कटुवाल केही महिना अघिमात्रै मलेसियाबाट घर फर्किएका थिए । देउमायाले परपुरुषसँगको सम्बन्धका कारण यस्तो घटना गराएको प्रहरीको दाबी छ ।

भारतको कश्मिरमा रोजगारी गर्ने जयप्रकाश र सुरजलाई बोलाएर देउमायाले ५० हजार कबोलेकी थिइन् । उनले अगि्रम २० हजार पेश्की दिएकी थिइन् ।

हत्यापछि ३० हजार दिने सर्तमा कटुवालको हत्या भएको देखिएको चुडालले बताए ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार पत्नी देउमाया स्वयंम हुन् । लिम्बुबाहेक घटनामा संलग्न अन्य सबै जना देउमायाका नाताभित्रका रहेको प्रहरीले जनाएको छ ।

झुमा नेपाल नाताले कटुवालकी झड्केली छोरी हुन् । त्यस्तै रीता तिम्सिना जयबहादुरकी श्रीमती हुन् । उनीहरु कटुवालको हत्याका सहयोगी रहेको प्रहरीले बताएको छ ।

मोरङका प्रहरी उपरीक्षक ठुले राईले भने- ‘लिम्वु र जयप्रकाशले खुकुरी प्रहार गरी कटुवालको हत्या गरेको देखिन्छ ।’
गत मंसिर १३ गते बयरवनस्थित ओझा टोल जाने बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा कटुवालको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment