२२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक जाकिर रहिमलाई १० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।
रुपन्देहीको बुटबल नगरपालिका-११ स्थित नापी कार्यालय १ नम्बर टोलीका नापी सर्वेक्षक रहिमले बुटबल नगरपालिका-९ गीतानागरमा रहेको जग्गा साविक गर्ने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएका थिए ।
कार्यालय सहयोगी पनि नियन्त्रणमा
यसैगरी जिल्ला मालपोत कार्यालय रुपन्देहीका कार्यालय सहयोगी राजमणी चौधरीलाई पनि प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । उनी तामेली फाôटमा कार्यरत थिए ।
उनको समेत मिलेमतोमा घुस लेनदेन हुने गरेको उजुरी परेपछि अनुसन्धानका लागि चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4