
२२ मंसिर, काठमाडौं । काठमाडौंको विजयश्वरीमा ८६ बर्षीया बृद्धाको उनकै नातिले घाँटी रेटेर हत्या गरेका छन् ।
काभ्रे चापापोखरीबाट ४ दिन अघि कान्छी छोरीको घरमा बस्न आएकी दामु तामाङलाई उनको १८ बर्षीय नाति छिरिङ तामाङले हत्या गरेका हुन् ।
हजुर आमाले घुरेर हेर्ने गरेकाले हत्या गरेको बयान छिरिङले प्रहरी
समक्ष दिएका छन् । हजुरआमाले घुरेर हेर्दा भूतजस्तो देखिएको उनले बताए ।
स्थानीयका अनुसार हजुरआमाको हत्या गरेपछि छिरिङ घरको मूलढोकामा बसीरहेका थिए । उनले हातमा चुलेसी र खुकुरी बोकेर बसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले छिरिङलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । हत्याबारे अनुसन्धान भइरहेेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4