Comments Add Comment

प्रश्नपत्र बिक्रीमा शिक्षा मन्त्रालयको कनेक्सन रहेको ‘दलाल’को दाबी (भिडियोसहित)

२२ मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र बिक्री प्रकरणमा बीरगञ्जबाट पक्राउ परेर अख्तियारको हिरासतमा रहेका एक अभियुक्तले शिक्षा मन्त्रालयका एकजना उपसचिव आफ्नो मान्छे भएको वयान दिएका छन् ।

अख्तियारको हिरासतमा रहेका डा. प्रभातकुमार कुशवाहले शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्का आफ्नो मान्छे भएको बताएका हुन् ।

तर, उपसचिव खड्काले कुशवाहलाई नचिन्ने बताएका छन् ।

वर्षेनी प्रश्नपत्र खरीद-बिक्री गर्दै आएका डा. कुशवाहले शिक्षा सचिव विश्वप्रकाश पण्डित आफ्नो बाटाको अवरोध भएको बताएका छन् । उपसचिव खड्काले चाँहि आफूलाई सहयोग गर्दै आएको यादवको वयान छ ।

कुशवाहसहितको समूहले असोज २० गते प्रश्नपत्र समेत आउट गरेको थियो । तर, प्रश्नपत्र लिक गर्ने गोल्डेन गेटका निर्देशक देविराम पाण्डेसहितको समूहलाई अख्तियारले रंगहात पक्राउ गर्‍यो ।

पण्डित सरुवा हुने आशा

जतिखेर मंसिर ९ गतेको परीक्षा रद्द गर्नेबारे शिक्षा मन्त्रालयमा तयारी भइरहेको थियो, त्यतिबेलै डा. कुशवाहालाई परीक्षा २० गते का लागि सर्ने थाहा भइसकेको थियो ।

परीक्षा सर्न लागेका बेला यादवले आफ्ना जाँड पार्टनरहरुसँग भनिरहेका थिए-‘एमबीबीएस परीक्षाको मिति सर्‍यो भने हामीलाई फाइदा हुन्छ । ९ गतेको परीक्षा सर्‍यो भने २० गते या २७ गते हुन सक्छ, त्यो अवस्थामा प्रश्नपत्र ल्याउन हामीलाई धेरै सजिलो हुन्छ ।’

प्रभातकुमार कुशवाह
प्रभातकुमार कुशवाह

यादवले भनेका थिए-‘त्यो (सचिव) पण्डित मन्त्रालयबाट बाहिर निस्कन जरुरी थियो, ९ गतेको जाँच सर्‍यो भने ऊ १० गते रिटायर्ड हुन्छ । हाँस्दै……त्यो (परीक्षा) सर्‍यो भने लक्ष्मी खड्कालाई काम गर्न सजिलो हुन्छ, जो हाम्रा मान्छे हुन् ।’

भिडियोका आधारमा अनुसन्धान

डा. प्रभातकुमार यादवले शिक्षा सचिव पण्डित र छात्रवृत्ति शाखाका उपसचिव खड्काका विषयमा बोलेको भिडियो रेकर्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । र, यही रेकर्डका आधारमा उपसचिव खड्का शंकाको घेरामा तानिएका हुन् ।

त्यो दुई कौडीको दलाललाई म चिन्दिँन : उपसचिव खड्का

दलालले लगाएको आरोपको सम्बन्धमा उपसचिव खड्काले आपत्ति जनाएका छन् ।

‘त्यो दुई कौडीको दलाललाई मैले देखेको पनि छैन, त्यसलाई चिन्दा पनि चिन्दिँन, खड्काले अनलाइनखबरसँग भने, ‘मैले छात्रवृत्ति शाखा छाडेको एक वर्ष भइसक्यो, म प्रश्नपत्र बनाउने ठाउँमा पनि छैन, त्यो मेरो सम्बन्धित शाखा नै होइन, मेरा बारेमा सचिव पण्डित सरलाई पनि सोधे हुन्छ ।’

सम्बन्धित शाखामै नरहेको मान्छेलाई दलालले नाम मुछेर चरित्र हत्या गर्न खोजेको खड्काले बताए । एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने दलाललाई कारवाही गर्नुपर्छ भन्ने भ्रष्टाचारविरोधी अभियानमा आफ्नो पनि साथ रहेको भन्दै खड्काले आफूले गल्ती गरेको भए फाँसी दिन आग्रह गरे ।

खड्काले भने-‘त्यो दुई कौडीको दलालले मेरो चरित्र हत्या गर्‍यो, त्योसँग मेरो भेट पनि भएको छैन, त्यसलाई मैले चिनेको पनि छैन ।’

यो पनि पढ्नुस् 

यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र

एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल

एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने कुशवाहको घरमा अख्तियारको छापा

एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment