Comments Add Comment

अन्तर्राष्ट्रिय करातेमा नेपाललाई १३ स्वर्ण

२२ मंसिर, काठमाडौं । भारतको कोलकातामा भएको २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १३ स्वर्ण जितेको छ । नेपालले थप ९ रजत र ११ कांस्य पनि हात पार्‍यो ।

निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते । कातातर्फ विजय बस्नेत, विशाल गोले, सुस्मिता लामा र प्रदीप थुलुङले स्वर्ण हात पारे ।
कुमुतेमा सरोज दाहाल, विनोद रोका, सुशान्त मोडक, सिया भण्डारी र निरजकुमार श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाएको नेपाल सोतोकान कराते डो संघकी कोषाध्यक्ष ममिता श्रेष्ठले जनाएकी छन् ।

कातातर्फ सिया भण्डारी, निरजकुमार श्रेष्ठ, कुसुम तामाङ र लक्ष्मी दुलालले रजत प्राप्त गरे । निरजकुमार श्रेष्ठ, आसिया भण्डारी र रमिला नगरकोटीले मिक्स टिम कातामा रजत हात पारे । कुमुतेतर्फ विकास तामाङ र रुपा नापितले रजत जिते ।

कातातर्फ कांस्य जित्नेमा शिव केसी र विकास तामाङ रहे । कुमुतेमा शिव केसी, सुजना तामाङ, विजय क्षेत्री, कुसुम तामाङ, सुशीला मोक्तान, मनोज थापा मगर, विवश निरौला, सुमन डंगाल र विजय घलेले कांस्य प्राप्त गरे ।

विमललाई रजत

भारतको मुम्बईमा जारी छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् ।

उनले पुरुषतर्फ १ सय ७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

विमलले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment