+
+
Shares

कतारमा ज्यान गुमाउने नेपाली कामदारको सम्झनामा स्मारकको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १३:०५

1week1project_Qatar-1२३ मंसिर, काठमाण्डौ । सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा विश्वकप फुटबल आयोजनाका लागि भौतिक संरचना निर्माणका क्रममा अहिलेसम्म झण्डै १ हजार जना आप्रवासी कामदारले ज्यान गुमाएका छन् । अहिलेसम्म कतारमा ज्यान गुमाउने १ हजार विदेशी कामदारमध्ये ४ सय जना नेपाली कामदार नै रहेका छन् ।
भोट खरीदको आलोचित भैरहेकोे विश्व फुटबल महासंघ फिफाको कतारमा विश्वकप फुटबल आयोजना गर्न दिने निर्णय झन पछि झन विवादमा पर्दै गएको छ ।
कतार विश्वकपको भौतिक संरचना निर्माणका क्रममा ज्यान गुमाएका र सन् २०२२ सम्ममा ज्यान गुमाउन सक्ने नेपाली कामदारहरुको सम्झनामा एक स्मारक बनाउने ब्यङग्यात्मक प्रस्तावले संसारको ध्यान तानेको छ ।
वन विक वन प्रोजेक्ट द्वारा प्रस्तावित टावर स्मारकमा ज्यान गुमाउने हरेक कामदारको लागि एउटा ठूलो ढुंगा स्थापित गरिनेछ । ज्यान गुमाउने कामदारको संख्या बढ्दै जाँदा उक्त स्मारक टावरको उचाइ पनि बढ्दै जानेछ र क्रेनको सहायताले स्मारकमा ढुंगा थप्नुपर्नेछ अबस्था आउने अनुमान गरिएको छ ।

प्रस्तावित स्मारकको एरियल भ्यू
प्रस्तावित स्मारकको एरियल भ्यू

सन् २०२२ सम्ममा विश्वकप संचरना निर्माणका क्रममा ज्यान गुमाउने कामदारको संख्या उच्च रुपमा बढेका उक्त स्मारक टावर विश्वकै सबैभन्दा अग्लो टावर समेत बन्न सक्ने अनुमान फस्टकोडिजाइन डट कमले गरेको छ । मृत्युको यहीँ दर कायम रहेमा सन् २०२२ सम्ममा विश्वकप संरचना निर्माणको क्रममा ४ हजार आप्रवासी कामदारले ज्यान गुमाउने अनुमान गरिएको छ ।
यो टावरको डिजाइन नै भयानक देखिन्छ । हरेक तहमा आठवटा ढुंगा राखिएको हुनेछ, अर्थात् एउटा तह ८ जना मृतक कामदारको लागि समर्पित गरिने योजना छ । यो टावरको भित्रपट्टीबाट हेर्दा एक आपसमा जोडिएका इँटाहरु आकाशतर्फ ढल्किएको जस्तो आकार देखिनेछ ।

मृतक बिदेशी कामदारको संख्या बढ्दै जाँदा यसरी अग्लिँदै जाने छ स्मारक र एकदिन संसारकै अग्लो बन्ने छ
मृतक बिदेशी कामदारको संख्या बढ्दै जाँदा यसरी अग्लिँदै जाने छ स्मारक र एकदिन संसारकै अग्लो बन्ने छ

‘यो संरचनाले नेपाली तथा भारतीयका साथै अन्य देशका परिवारलाई समेत श्रद्धान्जली अर्पण गर्ने ठाउँ प्रदान गर्नेछ’, यो प्रस्तावित संरचनाका आर्किटेक्टले आफ्नो वेबसाइटमा लेखेका छन् ।
तर, वास्तवमा यो केवल कल्पनाको काम हो र यसलाई कतार सरकारले कहिल्यै निर्माण सम्भावना छैन ।

स्मारकको भित्री भाग
स्मारकको भित्री भाग
1week1project_Qatar-5
हरेक तहमा आठवटा ढुंगा राखिएको हुनेछ, अर्थात् एउटा तह ८ जना मृतक कामदारको लागि समर्पित गरिने छ ।
1week1project_Qatar-6
प्रस्तावित स्मारकको लोगो
1week1project_Qatar-7
सन् २०२२ को बिश्वकपको ब्यङगात्मक लोगो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?