+
+
Shares

अभिनेतृ पुजा भट्टको सम्बन्धबिच्छेद

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते ८:४३

poojaमुम्बई । अभिनेत्री एवं निर्मात्री पूजा भट्ट र उनको श्रीमान मनीष मखिजाको सम्बन्ध बिच्छेद भएको छ । विवाह गरेको ११ वर्षपछि सम्बन्ध बिच्छेद गरेको जानकारी पूजाले ट्वीटर मार्फत दिएकी थिइन् ।
पूजाले ट्वीट गर्दै भनेकी छिन् ‘जो हाम्रो वारेमा चिन्ता गर्नुहुन्छ, म उहाँहरुलाइ जानकारी दिन चाहन्छु श्रीमान र मैले बिबाह गरेको ११ वर्षपछि अलग हुने निर्णय गर्‍यौं ।’
आगामी दिनमा पनि एकअर्कार्विच सौहार्दपूर्ण ब्यबहार गर्ने धारणा राख्दै पूजाले भनेकी छिन् ‘अब पनि हामी एकअर्काको सम्मान गर्छौं ।’
पूजा र मनिषले सन् २००३ मा बिबाह गरेका थिए । हिन्दी फिल्म ‘पाप’को सुटिङका क्रममा उनिहरु नजिक भएका थिए । पूजा प्रसिद्ध निर्देशक महेश भट्टको छोरी हुन् भने मनिष मुम्बमा रहेको एक रेष्टुरेन्टका मालिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?