Comments Add Comment

रेखाको नजरमा अहिलेका नायिकालाई अवार्डले थिच्यो

anmol-and-rekha
विगत १२ बर्षदेखि चलचित्र क्षेत्रमा नायिका रेखा थापाले एउटा क्रेज बनाइन् । चाहे विवादमा आएर होस् या सुरुवाती दिनमा सारीलाई स्कटमा परिवर्तन गरेर नै किन नहोस्, उनले स्टारको स्थान बनाइन् ।

आजको दिनमा रेखा आफ्ना ब्यानरका चलचित्रमा धेरै केन्द्रित छिन् । यसैले पनि चलचित्र बजारमा रेखा पछिको स्टार को भन्ने प्रश्न खोतलिदैछ । तपाइको नजरमा अबको स्टार नायिको को त, अनलाइनखबरको प्रश्नमा उनी लामै समय घोत्लिन् । रेखाले कुनै पनि नायिकामा चलचित्र क्षेत्र धान्ने क्षमता देखिनन् क्यारे, भनिन्–‘खै मैले त सोच्नै सकिन ।’

रेखाको वुझाई छ,‘नायिका हुने वित्तिकै विभिन्न अवार्डले थिचिदिन्छ । त्यही अवार्डको थिचाइले उनीहरुलाई माथी आउन नै दिदैन ।’ उनी दर्शकले दिने अवार्डलाई सबैभन्दा माथी देख्छिन् ।

उनले नायिका कोही नदेखे पनि नायक भूवन केसीका छोरा अनमोल केसीलाई भने लामो रेशको घोडा देखिन् । भनिन्–‘अनमोल केसी अबको नयाँ स्टार हो । तर, उ अझै बच्चै छ ।’

चलचित्र एकपछि अर्को खेल्दै व्यस्त बनेका नायिकाहरुलाई रेखा थापाको यो मुल्यांकनले केही सोच्न त बाध्य बनाउँला । तर, गत बर्षसम्म अवार्ड कार्यक्रममा पुगेर अवार्ड थापेकी रेखा यो बर्ष भने कतै पनि देखिइनन् र अवार्ड पनि पाइनन् ।

के रेखालाई कार्यक्रम आयोजकले दिने अवार्ड भन्दा दर्शकले बक्स अफिसमा दिने अवार्ड नै प्यारो लाग्न थालेको हो त, भोलीको दिनले बताउँनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment