+
+
Shares

बाबुराम भन्छन्-मुस्लिमको टोपी लगाउँदा हुने, हिन्दुमाथि किन प्रश्न ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १९:३०

२३ मंसिर, काठमाडौं । एमाओवादीका नेता डा. बाबुराम भट्टराई गोरखामा आफ्नो पिताको ‘चौरासी’ मा सहभागी भएपछि यसबारे एमाओवादी पार्टीभित्रैबाट आलोचना सुरु भएको छ । तर, डा., भट्टराईले आफूले गरेको कार्यको बचाउ गर्दै मुस्लिमहरुको धार्मिक समारोहमा गएर टोपी लगाउने नेताहरुले हिन्दुहरुको संस्कारमाथि प्रश्न उठाउनु जायज नभएको बताएका छन् ।

Baburam-chaurasi
डा. भट्टराई परिवारका सदस्यको साथ

‘हामीले मुस्लिम समुदायको धार्मिक समारोहमा टोपी लगाउँदा हुन्छ, जनजातिको धार्मिक समारोहमा गएर फेटा बाँध्दा हुन्छ,’ भट्टराईले अनलाइनखबरसँग भने- ‘हिन्दुहरुको संस्कारमाथि किन प्रश्न उठाउने ?’

आफू भौतिकवादी भए पनि बृद्ध भएका बुबाले गरेको संस्कारमा उहाँको खुशीका लागि सहभागी भएको र यो एउटा सामान्य हिन्दु संस्कारको विषय भएको डा भट्टराईले बताए ।

‘शोषण उत्पीडन र पाखण्ड गर्न भएन, सामान्य व्यक्तिगत आचरण र संस्कारमाथि प्रश्न उठाउनु उचित हुँदैन,’ डा भट्टराईले भने, ‘म भौतिकवादी हुँ, विज्ञानमा मेरो आस्था छँदैछ, तर, बुढाबुढी भएका बा-आमाको मन राखिदिनु अनुचित कार्य होइन ।’

आफूले झापामा भट्टराई बन्धुहरुको कार्यक्रममा सहभागी हुँदासमेत धर्मकर्म भन्दा सामाजिक हितमा ध्यान दिन र स्कूलहरु खोल्न सुझाव दिएको डा. भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?