+
+
Shares

दूध उत्पादनको लागत मूल्य नपाए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १६:१४

Duuga२३ मंसिर काठमाडौं । दूध उत्पादनको लागत मूल्य नपाए केन्द्रीय दुग्द्य सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलवार कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय दुग्द्य सहकारी संघले किसानहरुले उत्पादन गरेको दूधको लागत मूल्य नपाएको भन्दै मूल्यवृद्धि नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावानी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले अघिल्लो वर्ष सरकारसँग भएको दूधको लागत मूल्य वृद्धि गर्ने सहमति बमोजिम चाँडै मूल्यवृद्धि नगरे आन्दोलन गर्ने चेतावनी दिए । उनले ४९ रुपैयाँ ५८ पैसा लागत खर्च भइरहेको भन्दै मूल्य वृद्धिको माग गरे ।

प्रतिलिटर १२ रुपैयाँ ५८ पैसा दूध उत्पादनको लागत मूल्यमा घाटा भइरहेको देवकोटाले बताए । राज्यले दुग्ध उत्पादन गर्ने किसानहरुको घाटा पूर्ति नगरे दुधमा आत्मनिर्भर बन्दै गएको दूध पेस नै बन्द हुने अवस्थामा पुगिसकेको उनको भनाई थियो ।

‘अहिले राज्यले प्रतिलिटर ३२ रुपियाँ देखि ३५ रुपैयाँसम्ममा खरिद गरिरहेको छ, प्रतिलिटर करिब १३ रुपैयाँ उत्पादनको लागत घाटा किसानहरुले व्यहोरिरहेका छन्’ उनले भने ।

राज्यले भारतबाट झण्डै ५० रुपियाँमा कच्चा दूध खरिद गरिहेको तर दूधमा आत्मनिर्भर भइरहेको दुग्द्य पेसामा राज्यले ध्यान नदिँदा यो पेशा नै बन्द हुने अवस्थामा पुगेको देवकोटाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?