Comments Add Comment

निर्माताको दुखेसो- झुर फिल्म बनाउनेले दर्शक भड्काए

madhumas
काठमाडौं । चलचित्र ‘धन्दा’ले सर्वोत्कृष्ट निर्देशक सहित थुप्रै विधामा अवार्ड पायो । फिल्म हेर्नेहरुले अहिले पनि भन्ने गर्छन- फिल्म राम्रो छ । तर, निर्माता बाबुराम दाहाल शुभचिन्तकका ती भनाइ सुनेरै रमाउन सक्ने अवस्थामा छैनन् ।
धन्दा जत्तिकै राम्रो, अर्को फिल्म बनाएका थिए ‘मधुमास’ । आर्यन सिग्देल र पूजा शर्माको मुख्य भुमिका रहेको ‘मधुमास’ हेर्नेहरुले पनि उनलाई त्यहिखालको प्रतिक्रिया दिए । ‘फिल्ममा यो चाँही चित्त बुझेन’ भन्नेहरु कोही भेटिएनन् । आम दर्शक मात्रै हैन फिल्म उद्योगमा संलग्न धेरैले भने ‘मधुमास’ जत्तिको फिल्म कमै बन्छ ।’
पि्रमियर शोमा दर्शकको प्रतिक्रियाले निकै उत्साहित भएका बाबुरामले सोचेका थिए-‘हलमा फिल्म लागेपछि दर्शकहरुले पनि यस्तै राम्रो प्रतिक्रिया दिन्छन् र खुसीको बहार आउँछ फेरी एकचोटी ।’
तर, त्यो दिन कहिल्यै आएन । मधुमासको हिसाब देखाउँदै दाहालले अनलाइनखबरसँग भने-कम्तिमा पनि ३५ लाख घाटा खाइयो ।’ अर्का निर्देशक सुदर्शन थापासंग मिलेर फिल्म बनाएका बाबुराम माग भन्दा उत्पादन धेरै भएकाले फिल्मको बजार कमजोर भएको बताउँछन् ।
‘हिन्दी फिल्म दुई हप्तामा एउटा आउँछ त्यो पनि छानिएर’ उनी भन्छन ‘हामी एकै हप्तामा तीन फिल्म लगाउँछौं ।’ राम्रा हिन्दी फिल्म लागेको बेला प्रायः नेपाली फिल्मले मल्टिप्लेक्समा स्थानै पाउँदैनन् ।
नेपाली फिल्म उद्योगमा चाहिने भन्दा धेरै फिल्म भएको त हो नै, कतिपय फिल्मको ट्रेलरले पनि दर्शक रिसाएको अनुभव गरेका छन् यी निर्माताले ।
कतिपय निर्देशकले फिल्म बनाउँदा मेहनत नगरे पनि ट्रेलर निर्माणमा निकै मेहनत गरेका छन् । बाबुराम भन्छन-‘झुर फिल्म बनाउनेहरुले दर्शक भड्काए, राम्रा फिल्म बनाउनेहरु डुबे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment