Comments Add Comment

सामुहिक लगानी गर्नेबारे कतारमा छलफल

qatar-nrnदोहा । सामूहिक लगानीको अवधारणालाई अब मूर्त रुप दिई अघि बढ्नेबारे कतारमा गैरआवासीय नेपाली (एनआरएन) तथा ब्यवसायीहरुबीच छलफल भएकोछ । कतारका व्यवसायी, इन्जिनियर तथा बुद्धिजीविहरुबीच सामूहिक लगानीको अवधारणालाई अब मूर्त रुप दिई अघि बढ्नेबाट छलफल गरेका हुन् ।

कतारको गोल्डेन फोर्क रेष्टुरेन्टमा सम्पन्न सो छलफलमा गैरआवासीय नेपाली संघ राष्ट्रि्रय समन्वय परिषदका अध्यक्ष मक्सुद आलम, गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रि्य समन्वय परिषदका उपाध्यक्ष टीबी कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रि्रय समन्वय परिषद अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकराज तिवारी, एनआरएन कतारका सल्लाहकार आरके शर्मा, व्यवसायी राज रेग्मी, उमेश अधिकारी, इन्जिनियर रविकान्त लाल लगायतको सहभागिता थियो ।

सामूहिक लगानीका तीन शिर्षकहरुमध्ये कतारमा नेपाली चिकित्सकहरुको चिकित्सयी निगरानी प्रणाली अन्तर्गतको पोलिक्लिनिक सञ्चालन गर्ने, हाइपरमार्केट सञ्चालन गर्ने तथा कतारमा रहेका श्रमिकहरुलाई समेत समेटेर नेपालमा विकास बैंकमा लगानी गर्ने योजनाकोबारेमा छलफल भएको थियो ।

विकास बैंकको विषयमा नै लगानी गर्दा राष्ट्रबैंकको प्रत्यक्ष निगरानी रहने भएकोले सुरक्षित र नाफामूलक हुने कुराको बारेमा प्रष्ट्याउँदै सल्लाहकार आरके शर्माले बैंकिङ लगानीमा सवैको लगानीको भविष्य रहेको बताए ।

एनआरएन आइसीसीका उपाध्यक्ष टीबी कार्कीले अब श्रमिकलाई मालिक बनाउने योजनासहित यसै क्षेत्रमा लगानी गर्दा उत्तम हुने बताए । एनआरएन कतारका अध्यक्ष मक्सुद आलमले कतारमा कडा श्रम गर्ने श्रमिकहरु मात्र काम गर्न आउने देशको रुपमा हेर्दै आउने सरकार र अन्य देशमा रहने नेपालीको भ्रम चिर्नको लागि भने पनि अब विश्वसनीय लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । यसको लागि एनआरएन कतारले खेल्नुपर्ने भूमिका र निभाउनुपर्ने उत्तरदायित्वकोबारेमा सधैं तयार रहेको बताए ।

यस विषयमा पुनः एक पटक कतारका व्यवसायी, इन्जिनियर, बुद्धिजीवीहरुको छलफलबाट निचोड निकाली सामूहिक लगानीलाई मूर्तता दिन आउँदो १२ डिसेम्बरको दिन एनआरएन आईसीसीका अध्यक्ष शेष घले तथा आईसीसी महासचिव कुमार पन्तको विशेष समुपस्थितिमा कतारमा सम्पन्न हुन गइरहेको एनआरएन दिवसको अवसरमा विशेष कार्यक्रमबीच छलफल गरिने र अघि बढ्न सकिने पनि अध्यक्ष आलमले बताए ।

-रवि रोषीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment