Comments Add Comment

 न्यूयोर्कमा महिला अधिकारकर्मी परियारको “सम्बन्ध”

bishnu pariyarन्यूयोर्क । समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानर्थ विद्या वारिधि)को घरेलु हिंसाबाट पीडित नेपाली नारीहरुको सत्य घटनामा आधारित कृति ‘सम्बन्ध’ को लोकार्पण गरिएको छ । एड्वन नेपाल प्रकाशन गरेको उक्त पुस्तकमा घरेलु हिंसाबाट पीडित नारीहरुको उन्मुक्तिको कथा समेटिएका छन् ।

‘सम्बन्ध’ को लोकार्पण प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नायब प्रतिनिधि सेवा लम्साल अधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति उत्तर अमेरिका उपसंयोजक सोनाम लामा, गैर मुनाफा सामाजिक संस्था अधिकार कि नर्बदा छेत्री, नायिका कृष्टि मैनाली, तुलसीदेबी पन्थी, यूएस नेपालका प्रधान सम्पादक प्रदीप थापा मगर, लेखिका डा. बिष्णुमाया परियार तथा लेखिकाकी दिदी सीता परियारले संयुक्त रुपमा गरेका थिए ।

उक्त पुस्तकमा नीता, मायाँ तथा प्रभा नाम भएका महिला पात्रहरुले भोगेका पीडा र व्यथाका सत्य घटनाहरु समेटिएका छन् । लेखिका परियारले उक्त पुस्तक आफूलाई धर्तीमा जन्म दिई सक्षम र शिक्षित नागरिक बनाउने आफ्ना माता पिता तथा घरेलु हिंसाबाट पीडित महिलाप्रति समर्पित गरेको बताइन् ।

सोही अवसरमा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरद्वारा सम्पादित ‘नेपाली बर्ष पुस्तक २०१४-१५’, वरिष्ठ अभिनेता रामराज छेत्रीद्वारा लिखित ‘कल्प तृष्णा कथा संग्रहको पनि लोकार्पण गरियो । उक्त अवसरमा विशिष्ट अतिथि सम्मानद्वारा वरिष्ठ नायिका कृष्टि मैनालीलाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment