Comments Add Comment

डीभी र पीआर बोक्ने कर्मचारीको विवरण संसदमा पुग्यो

मन्त्री पण्डित । फाइल तस्वीर
मन्त्री पण्डित । फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले विदेशी पीआर र ग्रीनकार्ड लिएका कर्मचारीको विवरण संसदको राज्य व्यवस्था समितिलाई बुझाएको छ ।

‘अति गोप्य’ भनेर बुझाइएको विवरण समितिका सदस्यहरुलाई पनि हेर्न दिइएको छैन । ‘समितिलाई विवरण प्राप्त भएको छ, यसलाई कुन विधिबाट छलफल गराउने भन्ने टुंगो नलागेसम्म थप केही भन्न सकिन्न,’ समितिका सचिव मुकुन्द शर्माले भने ।

स्रोतका अनुसार मन्त्रालयले पठाएको विवरण आफैंमा विरोधाभाषपूर्ण भएका कारण सभापति दिलबहादुर घर्तीले सार्वजनिक गर्न चाहेका छैनन् ।

मन्त्रालयले डीभी पीआरवाला कर्मचारीको नाम र विवरण समावेश गरेर पठाएको मन्त्री लालबाबु पण्डितले बताए । ‘यो अन्तिम विवरण होइन, कतिपयको अनुसन्धान भइरहेको छ,’ उनले भने ।

व्यक्तिको गोपनियताको अधिकारसँग समेत जोडिएकाले समितिले विवरण सार्वजनिक गर्ने वा नगर्ने बारे पहिले छलफल गरेपछि मात्रै यसको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।

राज्य व्यवस्था समितिका सदस्य तथा एमाले सभासद रामेश्वर फुँयालले विवरण समितिमा पुगेको थाहा पाए पनि आफूले हेर्न नपाएको बताए ।

डीभी पीआर एवं विभिन्न देशको स्थायी बसोबासको परिचयपत्र लिएका कर्मचारीको विवरण मन्त्रालयले मंगलबार संसदीय समितिलाई बुझाएको हो । समितिले तीन दिनभित्र त्यस्ता कर्मचारीको सूची बुझाउन मन्त्रीलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment