Comments Add Comment

बालिका बलात्कार गर्नेलाई छ वर्ष जेल

२४ मंसिर, भक्तपुर । पन्ध्र वर्षीया एक बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले छ वर्ष जेल सजाय सुनाएको छ ।

न्यायाधीश नागेन्द्रलाल कर्णको इजालासले मध्यपुर थिमी नगरपालिका-११ बस्ने वर्ष २२ का विशाल खड्गीलाई छ वर्ष जेल सजाय र एक लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।

काभ्रेपलाञ्चोक कलती भूमिडाँडा गाविस घर भई मध्यपुरथिमी नगरपालिका-१५ मा डेरा गरी बस्ने एक बालिकालाई २०७० साल जेठ २२ गतेदेखि विभिन्न प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको र बालिकाको गर्भ रहेको सार्वजनिक भएपछि खड्गी पक्राउ परेका थिए ।

गर्भमा रहेको बच्चा जन्मिसकेकाले खड्गीको सम्पत्तिबाट असुल गर्ने गरी तत्कालका लागि सरकारले एकलाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको छ ।

बालिकाको झूटो उमेरको विवरण दिने कलती भूमिडाँडा गाविसका सचिव रामेश्वर न्यौपानेमाथि आवश्यक कारबाही गर्न अदालतले निर्देशन दिएको श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment