Comments Add Comment

मन्दिर पुननिर्माणका लागि फेसबुक अभियान

temple-2डेनमार्क । पूर्व बिद्यार्थीलाई फेसबुक मार्फत जुटाएर आफूले अध्ययन गरेको विद्यालयमा र्इ–लाइव्रेरी संचालन गरेका सोम सापकोटाले मन्दिर पुर्ननिर्माण गर्न आर्थिक अभियान सुरु गरेका छन् ।

बाग्लुंग जिल्लाको मल्म गाबिस घर भई बिगत लामो समयदेखि डेनमार्क मा बसोबास गर्दै आएका गैर आवासीय नेपाली संघ युरोपका उपसंयोक सोम सापकोटाले आफ्नो समाज, गाउँ, टोलबाट बिभिन्न मुलुकमा पुगेका युवालाई फेसबुक मार्फत जुटाएर मन्दिर निर्माणका लागि आर्थिक संकलन गरिरहेका छन् ।  बाग्लुङ, मल्म १, छिस दरबारमा २०३३ सालमा स्थापित लक्ष्मीनारायण मन्दिर हाल जिर्ण भैसकेकोले पुनः निर्माणको लागि आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।

केही महिनाअघि गाउँ गएको बेला मन्दिर ब्यवस्थापन  समितिले पुनः निर्माणको लागि अनुरोध गरिएको र मन्दिर जिर्ण देखेपछि आफूले यो अभियान चलाएको सापकोटाले बताए । हालसम्म  सापकोटाको पहलमा  लाख ६ लाख रुपैयाँ संकलन भएको छ । सापकोटाले भने–सामाजिक संजाल फेसबुकमार्फत विदेशमा रहेका साथीहरुले सामुहिक अभियान चलाएका छौँ ।

temple-1सो अभियानमा पोर्चुगलमा जीवन सापकोटा, अमेरिकामा रामकृष्ण सापकोटा र अर्जुन सापकोटा, बेलायतमा रेशम बुढाथोकी, कृष्ण खरेल र विष्णु सापकोटा, क्यानाडामा मनिष खरेल र अस्ट्रेलियामा कमल सापकोटा, जापानमा  बाबु सापकोटा, रामु केसी, डिलाराम सापकोटा, योगेश सापकोटाले अभियान संचालन गरिरहेको बताए । उनको यो अभियानले  मन्दिर ब्यवस्थापन समिति खुशी भएको र मन्दिर पुननिर्माण गर्ने अभियानमा आफूहरु पनि जागरुक हुने स्थानीयबासीहरुले बताए ।

सोम सापकोटाले केही महिनाअघि यसरी नयाँ फेसबुक अभियान मार्फत जनजागृती उच्च मावि काँडेबास, बाग्लुंगका लागि २३ लाख र लक्ष्मी माबि भरतपुर ६ लंकु चितवनका लागि १७ लाख सहयोग संकलन गरेर विद्युतीय पुस्तकालय संचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment