+
+

महाधिवेशनको माग गर्दै बालुवाटारमा नेविसंघको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २६ गते १०:२४

nebisang२६ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले बालुवाटारमा दुई घन्टा धर्ना दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला नेविसंघका पूर्व उपाध्यक्ष नैरसिंह महरको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेविसंघको महाधिवेशन मिति तत्काल घोषणा गर्न माग गर्दै धर्ना दिएका हुन् ।

विद्यार्थीले अधिवेशनको माग गर्दै पार्टीका महामन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा स्थगित नेविसंघको चुनाव गराउनुपर्ने, तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै सिंहले नेविसंघको महाघिवेशन सुचारु गराउन पहल गर्ने बताए । सिंहले भने-‘नेविसंघको महाधिवेशन गर्न म सक्दो पहल गर्नेछु । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यो विषयमा कुरा उठाउँने छु । महाधिवेशनको मिति चाँडै घोषणा हुन्छ ।’

नेविसंघको महाधिवेशन भदौ २९, ३० र ३१ गतेका लागि तय गरिएको थियो । केही क्याम्पसहरुमा अधिवेशन हुन नसकेको भन्दै महाधिवेशन स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?