Comments Add Comment

अध्यारो चिर्दै शन एबोटको उत्कृष्ट पुनरागमन

Sean-Abbott

२६ मंसिर, काठमाडौं । न्यू साउथ वेल्सका यूवा अलराउन्डर शन एबोटले डेढ हप्ताको अध्यारो चिर्दै शेफिल्ड सिल्ड क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेका छन् ।

एबोटले सिड्नी क्रिकेट मैदानमा केबल सात ओभरमा मात्र १४ रन दिएर ६ विकेट लिएपछि न्यू साउथ वेल्सले क्वीन्सल्याण्डविरुद्ध एक इनिङ र ८० रनको जित हात पारेको छ ।

सिड्नी क्रिकेट मैदान त्यही मैदान हो, जहाँ एबोटले फालेको बाउन्सरले लागेर फिल हृयुजको निधन भएको थियो ।

बलले लागेर मैदानमै ढलेका हृयूजको उपचारका क्रममा निधन भएपछि एबोटको भविश्वमाथि समेत प्रश्न उठेको थियो । कतै उनमाथि प्रतिवन्ध त लाग्ने होइन भन्ने आशंकाका बीच मैदानमा फर्किएका एबोटले उत्कृष्ट बलिङ गर्दै टीमलाइ जित दिलाएका छन् ।

एबोटले पहिलो इनिङमा क्वीन्सल्याण्डको २ विकेट लिनुका साथै २१ रन पनि बनाएका थिए । उनले दोस्रो इनिङमा ६ विकेट लिए ।

भारतबिरुद्धको पहिलो टेस्टको चौथो दिन एडिलेड ओभलमा ब्याटिङ गरिहेको बेला स्कोरकोर्डमा एबोटको बलिङ फिगर डिस्प्ले भएपछि अस्ट्रेलियन ओपनर डेभिड वार्नरले ताली बजाएर अबोटको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment