Comments Add Comment

म राजनीतिक जोगी हुँ : प्रधानमन्त्री

२६ मंसिर, बनेपा । प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय धुलिखेलको २० औं दीक्षान्त समारोहमा उनले भने-‘म राजनीतिमा लागेको ५५ वर्ष भइसक्यो, राजनीतिमा लागेर देशका लागि सेवा गरौँ भन्ने लागेको छ ।’

Pm-susil-koiralaकाठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले अनेक यातना सहेर यो स्थितिसम्म आइपुगेको भन्दै भने-यो मेरो गौरबको विषय हो ।’

उनले मुलुकको विकासका लागि ढोका खुलेको उल्लेख गर्दै मुलुक कसरी बनाउने भन्ने विषयमा चिन्ता गर्न युवा विद्यार्थीलाई आग्रह गरेका छन् । अहिले बाधकको रुपमा रहेको बौद्धिक पलायन रोक्नुपर्ने भन्दै उनले देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको बताए ।

संविधान निर्माणका लागि दलहरुबीच संवाद भइरहेको भन्दै प्रधानमन्त्री कोइरालाले अखवारहरुले भ्रम फैलाएको आरोप बताए । उनले भने-‘तपाईहरु ढुक्क हुनुहोस् निर्धारित समयमा नै संविधान आउँछ ।’

कार्यक्रममा विभिन्न विधाका कुल एक हजार २४६ जना स्नातक दीक्षित भएका छन् । यसअघि चिकित्सक विधाका १ हजार ३७ जना दीक्षित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment