Comments Add Comment

दिनेशलाई लाइफटाइम अवार्ड, उदय र श्रेयसी उत्कृष्ट गायक-गायिका (फोटोफिचर)

bb award (2)

काठमाडौ । पाँचौ विन्ध्यवासिनी अवार्डमा उदय सोताङले आजको यो साँझ… बोलको गीतका लागि गायक तर्फ सर्वोत्कृष्ट विन्ध्यवासिनी अवार्ड पाएका छन् । सुनें खबर…गीतवाट श्रेयसी चेम्जोङ लिम्बुले सर्वोत्कृष्ठ गायिकाको अवार्ड पाइन् ।

प्रतियोगितामा आवाज देउ …बोलको गीतले चार विधामा अवार्ड पाएको थियो । रचनाकार योगेन्द्रमणी दाहाल, संगीत संयोजक बिजेश्वर तण्डुकार, भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ र ध्वनीका लागि राजेश्वर तण्डुकारले अवार्ड पाएका थिए ।

लोक दोहोरी गीत लाछा डोरीवाट देबी घर्तीले सर्वोत्कृष्ट लोकदोहोरीको अवार्ड पाएकी थिइन्, सोही गीतवाट रमेश बिजीले रचनाकार र कुमार पुनले नवप्रतिभाको अवार्ड पाए ।

bb award (3)

चलचित्र ‘नाइ नभन्नु ल -२’ को प्रभाव बिन्दवासिनी अवार्डमा पनि राम्रै देखियो । मर्ने कसैलाइ रहर हुँदैन गीतको बोलवाट गैरे सुरेशले संगीतकारको अवार्ड पाए भने रजिना रिमालले सोही गीतवाट गायिकाको अवार्ड पाएकी थिइन् ।

युगल गायनको अवार्ड सत्य-स्वरुप आचार्यले पाएको उक्त कार्यक्रममा भिडियो मोडलको अवार्ड पल शाह र प्रकृति श्रेष्ठले प्राप्त गरेका थिए ।
गीतकार दिनेश अधिकारीलाइ ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

bb award (4)

अवार्ड पाउने कलाकार र विधा
दिनेश अधिकारी- लाइफटाइम एचिभमेन्ट अवार्ड
उदय सोताङ- गायक (सुगम)
श्रेयसी चेम्जोङ – गायिका (सुगम)
डि आर – गीतकार
राजकुमार बगर- संगीत (सुगम)
योगेन्द्रमणी दाहाल – रचनाकार (सुगम)
पद्यम लिंखमगर – रचनाकार (सुगम महिला)
सुगम पोखरेल- पप गायन, पुरुष
आकंक्षा बस्याल – पप गायन, महिला
सत्य स्वरुप – युगल गायन
राजेश पायल राई – पश्र्व गायन (चलचित्र)
रजिना रिमाल – गायन (चलचित्र)
गैरे सुरेश – संगीत (चलचित्र)
राजु सिंह – संगीत (पप)
पल शाह/प्रकृति श्रेष्ठ -मोडल) – भिडियो (आधुनिक/पप)
सहेन्द्र श्रेष्ठ – निर्देशक -पप/आधुनिक
देबी घर्ती – गायिका (लोक)
मौसम गुरुङ -गायक (लोक)
रमेश बिजी -गीतकार (लोक)
कुमार पुन -नव प्रतिभा (लोक)
कपिल लामा – निर्देशक (लोक भिडियो)
सगुन शाही/ महेन्द्र गौतम – मोडल (लोक)
देबन गीरी – एल्बम
सुजन शाही -भिडियो सम्पादक
राजेश्वर तण्डुकार- ध्वनी मुद्रण
विजेश्वर तण्डुकार – संगीत संयोजन
राष्ट्रिय भावनाले ओतप्रोत गीत -शैलेन्द्र शरद
पब्लिक च्वाइस अवार्ड -हरि विष्ट
म्युजिक कम्पनि -एशियन म्युजिक

bb award (1)

bb award (5)

bb award (6)

bb award (7)

bb award (8)

bb award (9)

bb award (10)

bb award (11)

bb award (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment