Comments Add Comment

सुक्न थाले शुक्लाफाँटा आरक्षका ताल

suklaphata-6२८ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र रहेका प्राकृतिक ताल पुरिँदै गएका छन् ।

मुख्य गरेर चुरे क्षेत्रबाट बगेर आउने नदी खोलाले बगाएर ल्याएको माटो आरक्षभित्र थुपि्रने गरेका कारण आरक्षभित्र रहेका ताल पुरिँदै र सुक्दै गएको आरक्ष कार्यालय कञ्चनपुरले जनाएको छ । आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आरक्षभित्र रहेका प्राकृतिक ताल पुरिँदै गएको जानकारी दिए ।

जैविक विविधताले भरिभराउ आरक्षभित्र रहेका रानीताल, कालिकिच ताल लगायत दर्जनभन्दा बढी साना ताल हिउँदमा सुक्ने र बर्सात्मा पुरिने गरेका छन् ।
ढकालले भने-‘आरक्ष कार्यालय कञ्चनपुरले वर्षमा दुई पटक मात्रै तालको संरक्षण र सरसफाइ गर्छ ।’

आरक्षपीडितका परिचयपत्रमाथि छानबिन

शुक्लाफाँटा आरक्षबाट विस्थापित कञ्चनपुरका आरक्षपीडितको परिचयपत्रमाथि छानबिन भइरहेको छ । शुक्लाफाँटा आरक्षपीडित समस्या समाधान आयोगले कञ्चनपुरका आरक्षपीडितको परिचयपत्रमाथि छानबिन भइरहेको जनाएको छ ।

आरक्षपीडित समाधान आयोगका अध्यक्ष ठाकुरप्रसाद शर्माले पहिलो चरणमा परिचयपत्र पाएका पीडितको छानबिन भइरहेको बताए ।

विसं २०५८ मा आरक्ष विस्तारका क्रममा विस्थापित गराइएका पीडितको पीडितको पहिचान गरेपछि जमिन दिइने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment