Comments Add Comment

अमिर खानको ‘पीके’का यस्ता छन अनौठा तथ्य

aamir khan pk
मुम्बई । बलिउडमा ‘मिस्टर पर्फक्सनिष्ट’ भनेर चिनिने अमिर खानको नयाँ फिल्म ‘पीके’ अर्को साता प्रर्दशन हुँदै छ ।
फिल्ममा निकै मेहनत गर्ने अमिर फिल्मका धेरै तथ्यलाई गोप्य राखेर उत्सुकता जगाउनसमेत माहिर छन् ।
तर, पीके रिलिज हुनु एक साता बाँकी रहँदा त्यसबारे केही रोचक तथ्य सार्वजनिक भएका छन् ।
भारतीय पत्रिका टाइम्सअफ इन्डियाका अनुसार पीकेका मुख्य ९ रोचक तथ्य यस्ता छन-
दिनमै सय पोका पान
पिकेको सुटिङमा अमिरले मात्रै करिव एक हजार गोटा पान खाएका थिए । जबकि वास्तविक जीबनमा उनि कहिल्यै पानको अम्बली लिएनन् ।
सुटिङमै पान खान सिकेका अमिर पछि यस्ता अम्बली भएर निस्के सुटिङ हुँदाताक दिनमा एकसय पोकासम्म पान खान्थे उनी ।
सुटिङमा संलग्न प्राविधिकका अनुसार हरेक सिन गर्नु अघि उनलाई फ्रेस पान चाहिन्थ्यो । कुनै सिनमा टेक खाँदा वा राम्रो गर्दा पानको अर्डर गरिहाल्थे । किनकी फिल्ममा उनको क्यारेक्टर नै त्यस्तै थियो । जतिवेला पनि उनको ओठ पानकै कारण रातो भएको हुनुपथ्र्यो ।
अमिरका नौ अवतार
अमिरले निकै मेहनत गरेर बनाएको फिल्मको रुपमा चिनिन्छ पिके । यसमा स्पेशल इफेक्टको प्रयोग त गरिएको छ नै, उनी विभिन्न नौ अवतारमा प्रस्तुत भएका छन् । यसअघि उनी धुम ३ मा डबल रोलमा देखिएका थिए ।
यसरी रह्यो फिल्मको नाम
आम दर्शकदेखि चलचित्रकर्मी समेतले प्रतिक्षा गरेको फिल्मको रुपमा मानिन्छ पिके । अहिले पनि फिल्ममा उनको क्यारेक्टरको विषयमा एकखालको कौतुहलता छँदै छ ।
निर्देशक राजकुमार हिरानीले अहिलेको भन्दा युनिक नामका लागि धेरै प्रयाश गरे । थुप्रै विचार विमर्श पछि मात्रै पिके नाम फाइनल भएको हो । खासमा यस फिल्ममा अमिरको नाम पून्मिया कुशाल हो । यसैको छोटकरी नाम पिके राखिएको हो ।

amir khan
पोष्टर दुई बर्ष पहिले, बिबाद अहिले
जब पहिलो पटक पिकेको बोल्ड पोष्टर सार्वजनिक भयो, धेरैले अमिरको आलोचना गरे । जबकी उक्त पोष्टरको सुटिङ दुई वर्ष अगाडी नै भइसकेको थियो ।
भोजपुरी सिक्न दुई बर्ष
फिल्ममा महत्वपूर्ण भुमिका निर्वाह गरेका अमिरले यस फिल्ममा भोजपुरी भाषा बोलेका छन् । उनले दुई वर्षसम्म भोजपुरी भाषाको अध्ययन गरेका थिए ।
भोजपुरी टिभी राइटर शान्ती भुषणले उनलाई भोजपुरी भाषा सिक्न सहयोग गरेका थिए । टुकुर टुकुर… भन्ने शब्दवाट प्रभावित अमिरलाई भुषणले फिल्म निर्माणको क्रममा पनि विभिन्न सहयोग गरेका थिए ।
श्रीमतीको कोरियोग्राफी अस्वीकार
फिल्ममा एउटा विशेष गीत छ । उक्त गीतलाई मौलिक शैलीमा छायाङ्कन गर्ने योजनामा थिए निर्देशक हिरानी । किरण राव र अनुश्का शर्मालाई कोरीयोग्राफी गराएर काम गर्ने योजनामा रहेका हिरानी अमिरको असहमतिका कारण सफल भने भएनन् ।
जेलबाट छुट्टी लिएर फिल्म सुटिङ
यस फिल्ममा ब्याण्डमाष्टरको भुमिका निर्वाह गरेका छन् सञ्जय दत्तले । भारतको यारावादा जेलमा रहेका सञ्जयले जेलवाट छुटि्ट लिएर सुटिङमा आएका थिए ।
फेरि नयाँ बर्षको साइत
नयाँ वर्षको छेको पारेर फिल्म रिलिज गर्ने निर्माताका रुपमा चिनिन्छन् अमिर । यसअघि पनि उनले थ्री इडिएट, गजीनी, धुम थ्री, नयाँ वर्ष एवं क्रिशमसको अवसरमा प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment