Comments Add Comment

११ सय प्रहरी जवानका लागि ३७ हजार आवेदन

२८ मंसिर, काठमाडौं । नेपाल प्रहरीले १ हजार १ सय १२ जवान पदका लागि आहृवान गरेको भर्नामा ३७ हजार बढी आवेदन परेको छ ।

Nepal-Policeप्रहरीको पाँच क्षेत्रीय तालिम केन्द्रमा गरी ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको छ । २४ गते खुलेको भर्नामा चार दिन चलेको थियो ।

प्रहरी जवान खुलातर्फ ६ सय, अमर/असक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १५६, मधेसीतर्फ १३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाका लागि भर्ना खोलिएको थियो ।

आइतबारबाट छनोट प्रक्रिया सुरु भएको छ । छनोट परीक्षा अन्तरगत प्रारम्भीक स्वास्थ्य परीक्षण/शारीरिक तन्दुरुस्ती, स्वास्थ्य, लिखित र अन्तरवार्ता परीक्षा हुने नेपाल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment