Comments Add Comment

विज्ञापन संघको अध्यक्षमा रिजालको उम्मेदवारी घोषणा

२८ मंसिर, काठमाडौं रविन्द्र कुमार रिजालले प्यानलसहित नेपाल विज्ञापन संघ(आन)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आनको १५ औं वार्षिक साधारणसभा आगामी पुस ३ गतेदेखि हुनेछ ।

आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी कि एडभरटाईजिङ्ग सर्भिस प्रालिका प्रबन्ध निर्देशक रहेका रिजालले नयाँसोच र नयाँविचारसहित १२ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

रिजालले आफ्नो नेतृत्वले ‘अबको आन हरेक विज्ञापन एजेन्सीको शान’ भन्ने मूल नारासहित अघि बढेको जानकारी दिए ।
रिजालले आफ्नो टिमले नयाँ सोच, नयाँ विचार, नयाँ सिर्जना र आधुनिक मार्केटिङ्को मूल्य र मान्यतालाई हुबहु कार्यन्वयन गरी नेपाली विज्ञापन क्षेत्रमा लागु गराउने सोच राखेको समेत स्पष्ट पारे ।

रिजालको नेतृत्वमा उजय शाक्य उपाध्यक्ष, किरण गैरे महासचिव, पिताम्बर पोखरेल कोषाध्यक्ष, धिरज लामिछाने सचिव, यमुना पौडेल सह-कोषाध्यक्ष सहित रवि श्रेष्ठ, जीवन पोखरेल, रोशन प्रसाई, खेम प्रसाद छतकुल्ली, मिनु राजभण्डारी र रमेश पुरी कार्यकारी सदस्यका उम्मेदवार रहेका छन् ।

अधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछ ।

यस्तो छ रिजालको टीम 

rabindra-rijal-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment