Comments Add Comment

एनआरएन महिला सम्मेलनमा अनियमितता नभएको समितिको ठहर

NRN europeवसन्त रानाभाट

बार्सिलोना । गैरआवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा कुनै पनि किसिमको आर्थिक अनियमितता नभएको ठहर भएको छ। तीन महिना लामो अध्ययनपछि आर्थिक छानबिन समितिले प्रतिबेदन पेश गर्दै यस्तो ठहर गरेको हो। गत जुनमा बार्सिलोनामा सम्पन्न सम्मेलनकाबारेमा स्पेनस्थित संघ सस्थाहरुले आवाज उठाएपछि गोपाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।

राष्ट्रिय समन्वय परिषद् स्पेनका सल्लाकारसमेत रहेका रेग्मीले आर्थिक अनियमितताको कुनै भरपर्दो प्रमाण नभेटिएको बताउदै भने,”आयोजक समितिबाट सम्मेलनको तयारीका क्रममा सरोकारहरूसँग समन्वय नहुनु, खर्चको अध्यावधिक गर्दा ब्यवस्थित रेकर्ड नराख्नु, खर्च गर्ने प्रकियामा केही त्रुटी देखिनु र पारदर्शिताका सवाल उठ्दा समयमा निराकरण नगर्नु नै मुख्य कमजोरी देखियो। “

आईसीसी सदस्य दिपक खरेलले आर्थिक हिनामिना भएको गलत र मिथ्या हुन् भन्ने कुरा छानबिन समितिले बुझाएको प्रतिबेदनले साबित गरिदिएको प्रतिक्रिया दिए। केही समाचारहरुमा गलत ढंगले प्रचार गरिएको र त्यसको जबाफ प्रतिबेदनले दिएको छ भन्दै खरेलले सम्मेलनका क्रममा आफूले गरेको काममा गर्व महसुस भएको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीले छानबिन समितिलाई धन्यबाद दिदै आफूहरुले शुरुवातदेखि नै कुनै किसिमको अनियमितता नभएको कुरा अहिले प्रतिबेदनले नै पुष्टी गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment