Comments Add Comment

निर्माण व्यवसायी महासंघको अध्यक्षमा गौचन बिजयी

sarad gauchan२९ मंसिर काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सरदकुमार गौचन निर्वाचित भएका छन । आइतबार सम्पन्न भएको मतदानमा गौचनको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चुनेको छ ।

नवनिर्वाचिन अध्यक्ष गौचन यसअघि गौचन महासचिव थिए ।

महासंघको १७ औ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष -एशोसिएट)मा निकोलस पाण्डे, उपाध्यक्ष (पूर्वाञ्चल क्षेत्र)मा तेजकुमार कुरुङवाङ, उपाध्यक्ष -मध्यमाञ्चल क्षेत्र)मा पेम्वा लामा शेर्पा, उपाध्यक्ष -पश्चिमाञ्चल क्षेत्र)मा रुद्रप्रसाद शर्मा, उपाध्यक्ष -मध्य पश्चिमाञ्चल क्षेत्र) मा लक्ष्मण कुमार राना र उपाध्यक्ष -सुदुर पश्चिमाञ्चल क्षेत्र)मा भिमबहादुर साउद निर्वाचित भएका छन ।

त्यसैगरी महसचिवमा रामशरण देउजा, उप-महासचिव (नीतिगत)मा विष्णु बुढाथोकी, उप-महासचिव -अन्तरीक)मा सूर्यप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा रोशन दाहाल, सह-कोषाध्यक्षमा नरहरी थपलिया, सदस्य मेची अञ्चलमा गणेश बहादुर बस्नेत र दिपक गौतम, सदस्य कोशी अञ्चलमा देवीप्रसाद सिटौला,सगरमाथामा पुष्पराज पोखरेल,जनकपुरमा सुरेन्द्रप्रसाद सिंह,नारायणीमा हरिप्रसाद ढकाल, बाग्मतीमा नारायणकुमार श्रेष्ठ, गण्डकीमा महेन्द्र अधिकारी तथा धौलागिरीमा प्रकाश आचार्य निर्वाचित भएका छन ।

त्यस्तै, लुम्बिनी अञ्चल सदस्यमा माधव घिमिरे, राप्ती अञ्चल सदस्यमा बालाजु श्रेष्ठ, भेरीमा रत्नबहादुर खड्का, कणर्ालीमा हिमबहादुर बुडा,सेतीमा चक्रबहादुर शाह र महाकाली अञ्चल सदस्यमा दान सिंह तिकंरी विजयी भए । एशोसिएट सदस्यहरुमा ई. सुमन सुवेदी, टंकप्रसाद चौलागाई,सुरेन्द्रराज पौडेल र लक्ष्मी बस्नेत -कार्की) निर्वाचित भए ।

तराई मधेश सदस्यमा ई. वैद्यनाथ प्रसाद शाह, जनजातीमा हस्तबहादुर तामाङ्ग निर्वाचित हुनुभएको छ भने पिछडिएको तर्फबाट तारा सिंह कठायत निर्विरोध निर्वाचित भए ।
महिला सदस्यहरुमा श्रीमती रमिला लामा, श्रीमती देवकी राई पोखरेल र श्रीमती मनिकला राना मगर निर्वाचित भएका छन भने खुला सदस्यतर्फ हिरणकुमार श्रेष्ठ, शिवप्रसाद चौलागाई,सरस्वती कार्की, गौरी प्रसाद उप्रेती र खड्क बहादुर खत्री निर्वाचित भए ।

वस्तुगत संघ तर्फबाट ताराबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभयो । यस बाहेक गण्डकी अञ्चल सदस्य महेन्द्र अधिकारी, धौलागिरी अञ्चल सदस्य प्रकाश आचार्य, कणर्ाली अञ्चल सदस्य हिमबहादुर बुडा पिछडिएको तर्फबाट सदस्य तारा सिंह कठायत पनि निर्विरोध निर्वाचित भएका थिए ।

शुक्रबार र शनिबार चलेको महासंघको साधारणसभामा देशभरका ७ सय १० जना मतदानमा सहभागी भए ।

के भन्छन निर्वाचिन अध्यक्ष ?

गौचनले आफू मतदानबाट निर्वाचित भएपनि सबै पक्षलाई समान व्यवहारका साथ अगाडि बढ्ने बताएका छन । सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदानमा जित हार ठूलो कुरा नभएकोले यसलाई अब विषिर्ने बताए ।

‘मतदान प्रजातान्त्रिक प्रणालीबाट योग्य उमेद्वार छान्ने सार्बोत्तम प्रक्रिया हो । यो प्रक्रियामा सहभागि धेरैले मलाई छान्नुभयो तर अरुलाई पनि भोट गर्नुभएको छ । त्यसैले हामी सबै निर्माण व्यवसायी हौं । कोही कसैमा जित हारको दम्भ हुँदैन’ गौचनले भने ।

एक अर्को प्रसंगमा उनले आफूले निर्वाचन र साधारण सभामा गरेका बाचा पुरा गर्न आजैको दिनदेखि लागिपर्ने बताए । ‘साना निर्माण व्यवसायीहरुदेखि सबैको हितमा काम गर्ने गरी हामीले प्रतिबद्धता जनाएका छौं । हाम्रो कार्यकालका निर्माण व्यवसायीले देखिनेगरी परिवर्तनको महसुस गर्न पाउनुहुन्छ ।’ गौचनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment