Comments Add Comment

लन्डनमा पीएचडी गर्ने तयारीमा खुश्वु ओली

khusbu-oli-1

१ पुस, लन्डन । गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएपछि प्रहरी अनुसन्धान छल्न सुटुक्क लण्डन पुगेकी उनकी प्रेमिका खुश्वु ओलीले त्यहां पीएचडी गर्ने तयारी गरिरहेकी छिन् ।

खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम 
एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने तयारी गरिरहेकी छिन् ।

यसअघि मास्टर्स गरेको युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर उनले 
प्राध्यापकहरुसंग छलफल गरिरहेको जनाइएको छ । उनले आगामी जनवरी इन्टेकबाट छात्रवृत्तिमै पढ्ने योजना बनाइरहेको उनी निकट सुत्रको हलावा दिँदै लन्डनबाट प्रकाशित अनलाइन वीनेपालीले जनाएको छ ।

यसअघि ‘इन्टरनेशनल कन्फ्लिक्ट’ मा एमएससी गरेकाले आफ्नो पिएचडी विषय मिल्दोजुल्दो र जोखिमयुक्त रहेको खुश्वुले आफन्तसँग बताएकी छन् । ‘करिअर वाइज’ उक्त विषय उपयुक्त हुने भएर खुश्वुले सो बिषय पढ्न लागेकी हुन् ।

मनिटरिङ एण्ड इभ्यालुएसन एनालिष्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेकी उनले पिस एण्ड कोर्प्स लगायत कयौं प्रोजेक्टमा काम गरेकी छिन् ।

पिएचडी गर्ने उद्देश्यबाहेक आफ्नो आश्रममा रहेका वालवालिकालाई ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’ मा सहभागिताका लागि नाम दर्ता गराउन लन्डन आएकी खुश्वुले ‘सेल्टर’ नामक वाल आश्रम चलाइरहेकी छन् । ५ देखि १८ वर्षका करिब पैंतिस असहाय वालवालिका छन् आश्रममा । उनका ४ छोरा र एक छोरी धर्मपुत्र पुत्रीका रुपमा छन् ।

सन् २००० मा काठमाण्डौ जेसिस्ले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन् । तर, लामो समयसम्म गुमनाम रहेकी खुश्वु दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आइन । प्रहरीले इन्काउन्टरमा चरीको ज्यान गएको भनेपनि उनले प्रहरीमाथि चरीको हत्याको आरोप लगाउँदै मिडियामा अन्र्तवार्ता दिइन् ।

चरीले अबैधानिकरुपमा आर्जन गरेको सम्पत्तिको भोगचलन खुश्वुले गरिरहेको आशंकामा प्रहरीले उनको सम्पत्तिमाथि छानविन गर्ने तयारी थालेपछि उनी सुटुक्क लण्डन पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment