Comments Add Comment

भारत र चीनबाट अायात बढ्दा व्यापार घाटा चुलीयो, ४ महिना सवा दुई खर्ब नाघ्यो

३ पुस, काठमाडौं । छिमेकी मुलुक भारत र चीनबाट उच्च अायात भएपछि चालु अर्थिक वर्षको पहिलो ४ महिनामै व्यापार घाटा दुई खर्ब २७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । जुन घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.४ प्रतिशतले बढी हो ।

यस अवधिमा नेपालबाट २९ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तुहरु विभिन्न मुलुकमा निर्यात भएको छ भने दुई खर्ब ५६ अर्ब ९१ export-import-logoकरोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्यात ०.२ प्रतिशतले घटेको हो भने आयात २३.५ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २९ कअर्ब ६० करोड रुपैयाँको वस्तुहरु निर्यात भएको थियो भने दुई खर्ब ८ अर्ब ९ करोड रुपैयाँको आयात भएको थियो । तथ्यांकलाई हेर्दा निर्यात घट्दो अवस्थामा छ भने आयात अप्रत्यासित रुपमा बढिरहेको छ ।

कुल निर्यातमध्ये भारततर्फको निर्यात ४.९ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ८१.९ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फको निर्यात ३.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

भारततर्फ खासगरी अलैंची, जिंक शिट, जुटका सामान, तामाको तार लगायतका वस्तुहरुको निर्यातमा ह्रास आएपछि सम्र निर्यात घट्न गएको हो । त्यस्तै, चीनतर्फ प्रशोधित छाला, उनी गलैंचा, हस्तकलाका सामान, तयारी पोशाक लगायतका वस्तुहरुको निर्यात बढेको छ । जसले गर्दा अघिल्लो वर्षको पहिलो ४ महिनामा ५.१ प्रतिशतले घटेको चीनतर्फको निर्यात यसपटक झण्डै दोब्बर बढ्न पुग्यो ।

अन्य मुलुकतर्फ दाल, तयारी पोशाक, चिया, नेपाली कागज तथा कागजका सामानको निर्यातमा वृद्धि भएको छ ।

कुल वस्तु आयातमध्ये भातरतर्फको आयात २०.६ प्रतिशत, चीनतर्फको आयात ४९.५ प्रतिशत र अन्य मुलुकतर्फको आयात २० प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा भारतबाट एम.एस विलेट, पेट्रोलियम पदार्थ, चामल, यातायात साधन तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको छ । चीनबाट दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, रासायनिक मल, अन्य मेशिनरी तथा पाटपूर्जा, भिडियो टेलिभिजन र पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको देखिन्छ ।

अन्य मुलुकबाट चाँदी, खानेतेल, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, हवाईजहाजका पाटपूर्जा, कच्चा पाल्म तेल लगायतका वस्तुहरुको आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment