नविन अर्याल
४ पुस, काठमाडौं । विदेशी लगानी आकषिर्त गर्ने उद्देश्यसहित सरकार अहिले दुई पक्षिय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (विप्पा) गर्न लागिपरेको छ । विभिन्न ६ वटा मुलुकसँग विप्पा गरिसकेको नेपालले गत बिहीबार मात्र छिमेकी मुलुक चीनलाई विप्पाका लागि पत्राचार गर्यो ।
विप्पा गरेपछि विदेशी लगानी ओइरिन्छ भन्ने मानसिकतामा सरकार रहेको देखिन्छ । तर, बिप्पाको ३१ बर्षे इतिहास हेर्दा बिदेशी लगानी भित्राउने अस्त्र बिप्पामात्र हैन भन्ने प्रष्ट हुन्छ ।
पहिलो मुलुक फ्रान्स
नेपाल विभिन्न मुलुकसँग विप्पा गरेपनि ती मुलुकबाट लाभ लिन नसेकेको अर्थविद् डा. चिरञ्जिवी नेपाल बताउँछन् । नेपालले फ्रान्ससँग २०४० साल बैशाखमा पहिलो विप्पा सम्झौता गरेको थियो । विप्पा भएको ३१ वर्ष पुरा हुँदासम्म जम्मा ४५ करोड ७४ लाख रुपैयाँमात्र लगानीको प्रतिवद्धता आएको छ ।
‘लगानी भित्राउन विप्पा अत्यावश्यक भएपनि विप्पाको मर्मअनुसार काम अगाडी बढ्न नसकेमा त्यसको प्रतिफल शुन्य हुन्छ’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका नेपालले अनलाइनखबरसँग भने- ‘नेपालले ६ मुलुकसँग विप्पा त गर्यो, तर विप्पाको मर्मअनुसार आन्तरिक नियम कानुनहरु परिवर्तन गर्न सकेन ।’
विप्पासँगै के-के चाहिन्छ ?
मुलुकभित्र शान्ति सुरक्षादेखि ऐन कानुन लगानीमैत्री नहुँदासम्म विदेशी लगानीकर्ताको विश्वास जित्न सकिदैन । कुनै पनि लगानीकर्ताले लगानी गर्नुपूर्व लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता खोज्छ ।
विप्पा सम्झाैतापछि फ्रान्सबाट अाएको लगानी प्रतिवद्धता
आर्थिक वर्ष | लगानी प्रतिवद्धता (दशलाखमा) | रोजागरी |
---|---|---|
up to 2046 | 9.33 | 156 |
-1 | 5.00 | 28 |
2046/47 | 2.00 | 35 |
2047/48 | 6.75 | 61 |
2048/49 | 2.22 | 41 |
2049/50 | 27.94 | 119 |
2052/53 | 27.74 | 138 |
2053/54 | 4.10 | 22 |
2054/55 | 1.63 | 56 |
2055/56 | 4.80 | 0 |
2056/57 | 10.10 | 365 |
2059/60 | 9.53 | 50 |
2060/61 | 3.06 | 26 |
2062/63 | 74.06 | 256 |
2063/64 | 37.69 | 264 |
2064/65 | 15.50 | 52 |
2065/66 | 15.85 | 121 |
2066/67 | 19.00 | 67 |
2067/68 | 38.55 | 207 |
2068/69 | 40.35 | 237 |
2069/70 | 26.00 | 159 |
2070/71 | 50.40 | 186 |
2071/72 | 25.88 | 96 |
TOTAL | 457.48 | 2,742 |
तर, विप्पा गरेरमात्र नहुने बताउँदै अर्थविद् नेपालले त्यहि अनुसार ऐन कानुनको संसोधन हुनुपर्नेमा जोड दिन्छन । विप्पा भएका मुलुकबाट लगानी नभित्रिनुको मूख्य कारण सोही अनुरुप ऐन कानुनमा सुधार गर्न नसक्नु रहेको उनको भनाई छ ।
अहिले पनि आर्थिक क्षेत्रसँग सम्बन्धीत करिव ३ दर्जन ऐन कानुन संसद तथा सरकारमा अडि्कएर बसेका छन् । मुलुकमा लगानी आकषिर्त गर्न ती कानुन तत्काल कार्यान्वयनमा आउनुपर्ने टड्कारो आवश्यकता रहेको छ ।
नेपालले फ्रान्सपछि २०४३ कार्तिकमा जर्मनसँग विप्पा गर्यो भने २०४९ फागुनमा बेलायतसँग, २०५६ साउनमा मौरिसस, २०६५ माघमा फिनल्यान्ड र २०६८ कार्तिकमा भारतसँग विप्पा सम्झौत गर्यो ।
अन्य मुलुकसँग गरिएको विप्पा कार्यान्वयनमा आइसके पनि भारतसँगको सम्झौता भने अझै कार्यान्वयनमा आउन सकेको छैन । अहिले भारतसँगको विप्पा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
जर्मनसँग विप्पा गरेपछि अाएकाे विदेशी लगानी प्रतिवद्धता
आर्थिक वर्ष | लगानी प्रतिवद्धता (दशलाखमा) | रोजागरी |
---|---|---|
UPTO ASHAD 2046 | 2.83 | 29 |
2046/47 | 1.21 | 20 |
2048/49 | 3.45 | 13 |
2049/50 | 76.06 | 777 |
2050/51 | 69.00 | 235 |
2052/53 | 6.30 | 44 |
2053/54 | 22.79 | 473 |
2054/55 | 7.83 | 78 |
2055/56 | 17.12 | 27 |
2056/57 | 30.32 | 558 |
2057/58 | 1.35 | 0 |
2058/59 | 8.73 | 370 |
2059/60 | 324.35 | 33 |
2060/61 | 4.90 | 0 |
2061/62 | 8.44 | 62 |
2062/63 | 27.50 | 141 |
2063/64 | 47.25 | 126 |
2064/65 | 115.80 | 456 |
2065/66 | 130.90 | 290 |
2066/67 | 11.60 | 107 |
2067/68 | 27.90 | 89 |
2068/69 | 2.50 | 22 |
2069/70 | 90.40 | 247 |
2070/71 | 162.70 | 173 |
उद्योग विभागको तथ्यांक हेर्दा फ्रान्सबाट मात्र नभई अन्य मुलुकसँग विप्पा गरेपनि लगानी आउन सकेको छैन् । ‘नेपालले विप्पा गरेर विदेशी लगानीकर्तालाई विश्वासमा ल्याउने प्रयास गरेपनि विप्पा गर्ने मुलुक छनौट गर्न जानेन’ अर्थविद् नेपालले भने- ‘नेपालले यस्ता मुलुकसँग विप्पा गर्यो, जुन मुलुकसँग आर्थिक तथा व्यापारिक सम्बन्ध निकै कम छ ।’
विप्पा गर्दा आर्थिक तथा व्यापारीक सम्बन्ध बढी भएको मुलुकसँग गर्नुपर्ने हुन्छ । भारतसँग गरिएको विप्पा कार्यान्वयनमा आएमा त्यसले ठूलो प्रभाव पार्न सक्ने नेपालको ठहर छ । भारतले नेपालको कुल वैदेशिक ब्यापारको दुई तिहाई हिस्सा ओगट्छ ।
चीनसँग हुन लागेको विप्पाले पनि लगानी बढ्ने बताउँछन् नेपाल । चीन नेपालको दोस्रो ठूलो व्यापारिक सम्बन्ध भएको छिमेकी मुलुक हो । पछिल्लो समय नेपालमा आफ्नो प्रभाव बढाउन चीनले व्यापक लगानी गर्न चासो दिइरहेको छ ।
यस्तो छ अन्य मुलुकको लगानी
विप्पा गरिएको झण्डै २८ वर्ष पुरा हुँदा जर्मनीबाट १ अर्ब २२ करोड १२ लाख रुपैयाँ मात्र लगानी गर्ने प्रस्ताव विभागमा आएको छ । त्यस्तै, २०५९ फागुनमा विप्पा भएको बेलायतबाट १ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ, २०५६ साउनमा विप्पा भएको मौरिससबाट २ अर्ब ९० करोड, २०६५ माघमा विप्पा भएको फिनल्यान्डबाट ४ करोड ५४ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ ।
बेलायतसँग विप्पा गरेपछि अाएको लगानी प्रतिवद्धता
आर्थिक वर्ष | लगानी प्रतिवद्धता (दशलाखमा) | रोजागरी |
---|---|---|
UPTO ASHAD 2046 | 27.11 | 1,308 |
2047/48 | 0.00 | 59 |
2049/50 | 7.62 | 2,657 |
2052/53 | 3.31 | 452 |
2053/54 | 3.37 | 0 |
2054/55 | 15.98 | 302 |
2055/56 | 1.25 | 32 |
2056/57 | 32.86 | 108 |
2057/58 | 56.59 | 215 |
2058/59 | 18.53 | 107 |
2059/60 | 5.00 | 0 |
2060/61 | 538.90 | 14 |
2061/62 | 94.15 | 340 |
2062/63 | 25.18 | 278 |
2063/64 | 59.34 | 341 |
2064/65 | 396.72 | 888 |
2065/66 | 166.94 | 318 |
2066/67 | 21.50 | 150 |
2067/68 | 60.67 | 969 |
2068/69 | 41.50 | 148 |
2069/70 | 82.40 | 430 |
2070/71 | 148.60 | 281 |
2071/72 | 89.38 | 172 |
TOTAL | 1,896.88 | 9,569 |
प्रस्ताव सबै लगानी हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन् । कतिपय लगानीकर्ताहरुले विभिन्न कारण देखाउँदै लगानीका लागि अगाडी सर्दैनन भने कतिपयलाई यहाँको कानुन तथा ब्यूरोक्रेसीले तर्सार्उने गरेको छ ।
केही समय अगाडी गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा लगानीको सबैभन्दा ठूलो बाधक कर्मचारीतन्त्र भएको सार्वजनिक रुपमै बोलेका थिए । कर्मचारीतन्त्र भ्रष्टाचारमा जेलिएको र हरेक स्टेपमा घुस बुझाउँदै काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।
भारत-चीनबीच पनि विप्पा
विदेशी लगानी आकषिर्त गर्न विप्पा भने गर्नैपर्छ । कुनै पनि देशको लगानी सुरक्षा संरक्षणको ग्यारेन्टी नदिँदासम्म लगानीकर्ता लगानीका लागि तयार हुँदैन । यो कुरालाई आत्मसाथ गर्दै विकसित मुलुकले पनि विप्पा गर्दै आइरहेका छन् ।
माैरिसससँग विप्पा गरेपछि अाएको लगानी प्रतिवद्धता
आर्थिक वर्ष | लगानी प्रतिवद्धता (दशलाखमा) | रोजागरी |
---|---|---|
064/65 | 365.00 | 389 |
2066/67 | 2,080.00 | 334 |
2067/68 | 400.00 | 169 |
2069/70 | 50.00 | 30 |
2070/71 | 5.00 | 8 |
TOTAL | 2,900.00 | 930 |
‘मुलुक जतिसुकै धनी भएपनि आर्थिक विकासका लागि विदेशी लगानी चाहिन्छ, धनी मुलुकले झन धेरै मुलुकसँग विप्पा गरेर लगानी तानिरहेका छन्’ अर्थविद् नेपालले भने- ‘भारत र चीनजस्ता शत्रु मुलुकहरुले समेत एक-अर्काको लगानीका आवश्यकता महशुस गरेर विप्पा गरेका छन् ।’
जतिसुकै सत्रुतापूर्ण व्यवहार गरेपनि आर्थिक मामिलामा यीनिहरु उदार रहेका छन् । अहिल यी दुई मुलुकमा ७५ बिलियन डलरको व्यापार हुने गर्छ । सन् २०१५ मा उक्त व्यापार बढाएर १०० बिलियन डलर पुर्याउने दुबै देशले प्रतिवद्धता जनाएका छन् ।
७५ बिलियन डलरको कारोबारमध्ये ५० बिलियन डलर भारतबाट चीन प्रवेश गर्छ भने जम्मा २५ बिलियन डलर चीनबाट भारत प्रवेश गर्छ । तर, पनि भारत विप्पा सम्झौता गरी दुबै देशको लगानी विस्तार गरेर आर्थिक क्रियाकलाप बढाउन तयार देखिएको छ ।
परियोजनागत लगानी
फ्रान्सबाट अहिलेसम्म मध्यम खालका परियोजनामा २ करोड ९५ लाख, साना परियोजनामा ४२ करोड ७५ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । ७३ परियोजनाबाट २ हजार ७ सय ४२ जनालाई रोजगारी उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ ।
त्यस्तै, जर्मनीबाट ठूलो परियोजनामा ३४ करोड २३ लाख, मध्यम खालका परियोजनामा ३४ करोड ९० लाख रुपैयाँ र साना परियोजनामा ५२ करोड ९८ लाख रुपैयाँ ९८ लाख रुपैयाँ लगानी आएको छ । यो लगानीमा ४ हजार ४ सय जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।
फिनल्यान्डसँग विप्पा गरेपछि अाएको लगानी प्रतिवद्धता
आर्थिक वर्ष | लगानी प्रतिवद्धता (दशलाखमा) | रोजागरी |
---|---|---|
2057/58 | 4.55 | 91 |
2061/62 | 2.50 | 13 |
2063/64 | 5.00 | 30 |
2066/67 | 2.50 | 15 |
2070/71 | 31.00 | 89 |
TOTAL | 45.55 | 238 |
बेलायतबाट ठूला परियोजनामा ८९ करोड २५ लाख रुपैयाँ, मध्यम खालका परियोजनामा २१ करोड ९१ लाख रुपैयाँ र साना परियोजनामा ७८ करोड ५२ लाख रुपैयाँमात्र लगानी आएको छ । जसबाट ९ हजार ५ सय ६९ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।
मौरिससबाट ठूलो परयोजनामा २ अर्ब ८४ करोड ५० लाख रुपैयाँ, मध्यम परयोजनामा ५ करोड र साना परियोजनामा ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । जुन लगानीबाट ९ सय ३० जनाले रोजगारी पाएका छन् ।
फिनल्यान्डबाट भने सानो परियोजनामा ४ करोड ५४ लाख रुपैयाँ मात्र लगानी आएको छ । जसबाट २ सय ३८ जनालाई रोजगारी दिइने प्रतिवद्धता जनाइएको छ ।
विप्पाका लागि तयारी भएका देशहरु
नेपालले चीनसँग छिट्टै विप्पा सम्झौता गर्दै छ । त्यसको अलवा कतार, संयुक्त अरव इमिरेट्स, क्यानडा र पाकिस्तानबाट पनि विप्पाका लागि नेपाललाई ड्राफ्ट आइसकेको छ । यी देशहरुसँग पनि विप्पा सम्झौताका लागि सरकारले तयारी गरिरहेको छ ।
तथ्यांक स्राेत : उद्योग विभाग
प्रतिक्रिया 4