Comments Add Comment

ठूला नेता रक्सीमा डुबेको चित्रबहादुरको आरोप

४ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भोजभतेरमा गयो कि ठूला नेताहरुको मुख रक्सीमा पुग्ने गरेको आरोप लगाएका छन् । तर, एमाले उपाध्यक्ष विद्या भण्डारीले केसीको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।

chitra-bahadur-kcव्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री वामदेव गौतमले राजमार्ग आसपासमा मदिरा बेच्न नपाइने कानून ल्याउनु पर्ने माग गरे । गृहमन्त्रीले आफ्ना कुरा राखेर बाहिरिएपछि बैठकको छलफल विषयबस्तुमा केन्दि्रत हुन सकेन ।

बैठकमा सभासद केसीले मदिरा र लागू औषधले मुलुक बर्बाद बनाएको बताए । उनले भने-‘यसो भोज भतेरमा गयो भने ठूला नेताहरुको मुख त्यही रक्सीमा पुगेको हुन्छ । अनि नयाँ पिढीले के गर्ने ? त्यही सिक्छन् ।’

मापसे गर्‍यो भनेर सवारी चालकहरुलाई गाली गर्ने गरेको भन्दै उनले भने-‘मालिकले पनि खान्छन्, प्यासेन्जरले पनि खान्छन् । अनि उसले पनि किन नखाओस् ।’

केसीले बढ्दो सवारी दुर्घटनाप्रति सरकार र सभासदहरु गम्भीर हुन नसकेको आरोप लगाए । उनले भने-‘एउटै चिहान भएको छ ५१/५२ जना मान्छेको । तर, हामीलाई केही भए जस्तो लाग्दैन । मानौं केही भएको छैन । किनभने हाम्रो आफ्नो मर्नु परेको छैन ।’

विद्याको आपत्ति
बैठकमा एमाले उपाध्यक्ष भण्डारीले भने सबै ठूला नेताले रक्सी खान्छन् भन्ने केसीको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।

‘सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन । मदिरा नखाने, सादगी नेताहरु पनि छन्,’ उनले भनिन्-‘सम्मानित ठाउँमा बोल्दा गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment