+
+
Shares

गाडी भाडा घटाउने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ४ गते १७:१३

४ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपछि सरकारले सार्बजनिक सवारी साधनको भाडा पनि घटाउने तयारी सुरु गरेको छ ।

Dashain Gadi yatra (7)यसबारे भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधि, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र सरकारका मुख्य सचिव लिलामणि पौडेलबीच शुक्रबार छलफल भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले भने, ‘सकारात्मक छलफल भएकाले तत्काल सवारी साधनको भाडा पनि घट्छ ।’

गाडी भाडा घटाउने कुरा आफ्नो व्यक्तिगत दायित्वमा नपरे पनि सामुहिक दायित्वमा पर्ने भएकाले शुक्रबार विहान मन्त्री निधि, मुख्य सचिव पौडेल लगायतसँग आफूले छलफल गरेको थापाले जानकारी दिए ।

नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

यो समाचार पनि पढ्नुहोस् : इन्धनको मूल्य घट्यो

sunil bahadur thapa
सुनिलबहादुर थापा, मन्त्री, आपूर्ति

कोषमा डेढ अर्ब जम्मा

यसैबीच पेट्रोलियम पदार्थको संकट उत्पन्न हुन नदिनका लागि स्थापना गरिएको पेट्रोलियम स्थिरता कोषमा १ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ । आपूर्तिमन्त्री थापाले साक्षात्कारमा उक्त जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि उपभोक्ताहरुलाई मार पर्न नदिन कोष खडा गरेको मन्त्री थापाको भनाइ छ ।

उनले पछिल्लो आठ वर्षमा ईण्डियन आयल कर्पोरेशनसँग रहेको बक्यौता रकम ३ अर्ब २२ करोड पनि सरकारले भुक्तानी गरिसकेको जानकारी दिए । मन्त्री थापाले भारतले पठाएको मूल्यसूचीको आधारमा नेपालमा पनि मूल्य घटबढ हुने स्पष्ट पारे ।

निगमलाई वित्तिय स्थिति सार्बजनिक गर्न निर्देशन

मन्त्री थापाले नेपाल आयल निगमलाई वित्तिय स्थिति पारदर्शी बनाउन निर्देशन दिएका छन् । ‘भोलिका पत्रपत्रिकाहरुमा पारदर्शी रुपमा वित्तिय स्थिति प्रकाशन गर्न निर्देशन दिएको छुँ,’ मन्त्री थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?