५ पुस काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा विभिन्न पाँच कम्पनीका ७ करोड ८१ लाख ४ हजार ३ सय ९६ कित्ता सेयर सूचिकृत भएका छन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र, कामना विकास बैंकको ३ लाख कित्ता बोनस सेयर, नेपाल बंगलादेशको २० लाख ९ हजार ३ सय ९६ कित्ता बोसन सेयर, काँक्रेबिहार विकास बैंकको ४५ हजार कित्ता बोनस सेयर र एनएमबी सुलभ लगानी कोषको ७ करोड ५० लाख कित्ता एकांक सेयर सूचिकृत भएका छन ।
सूचक घटेपनि ३४ करोड कारोबार बढ्यो
यो साता ६.१२ अंकले घटेर नेप्से परिसूचक ९०३.८९ अंकमा झरेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीका का ३२ लाख ३० हजार कित्ता सेयर एक अर्ब १४ करोड ३० लाख ३६ हजार रुपैयाँमा किनबेच भएका छन ।
कारोबार रकम गत साताको भन्दा ४२.४९ प्रतिशत बढी हो । गत साता १ सय ६३ कम्पनीका २२ लाख १८ हजार
कित्ता सेयर ८० करोड २१ लाख ९८ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताको पहिलो दिन आइतबार ३९ अंकले र दोस्रो दिन ६ अंकले बढेपनि त्यसयताका तीनदिन परिसूचक घटेको थियो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.४९ अंकले घटेर १८६.७३ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१० करोड ४८ लाख हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (७ लाख ४४ हजार कित्ता) को आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (४२५ वटा) को आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ ।
कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनी
कम्पनीको नाम | कारोबार रकम
(रु. दशलाखमा) |
---|---|
नेपाल बैंक | 104.8 |
चिलिमे हाइड्रोपावर कम्पनी | 85.78 |
एभरेस्ट बैंक | 75.81 |
एनसिसी बैंक | 43.09 |
सानिमा बैंक | 41.09 |
प्रतिक्रिया 4