५ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगम -आइएफसी) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर लगानी गर्ने भएको छ ।
लगानीसम्बन्धी सम्झौतामा आगामी सोमबार प्रवर्द्धक कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) र आइएफसीबीच सम्झौता हुने भएको छ ।
अर्थमन्त्री डा रामशरण महतलाई भेटेर नेपालका लागि आइएफसीका देशीय प्रबन्धक काइल केलहोफरले लगानी गर्ने बताएका हुन् । अर्थ मन्त्रालयका अनुसार केलहोफरलेे आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर केही स्रोतको सुनिश्चितता गर्ने जानकारी दिँदै प्रबन्धक केलहोफरले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा पनि लगानी गर्ने दृढता व्यक्त गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4