Comments Add Comment

लामो दुरीको गाडीभाडा २० रुपैयाँ घटाउने तयारी

७ पुस, काठमाडौं । डिजेलको भाउ घटेपछि सस्तो भाडा दरमा यात्रा गर्न पाइएला भन्ने अपेक्षा गर्नुभएको छ भने दिमागबाटै हटाउनुस् । डिजेलको मूल्य एक लिटरमा १३ रुपैयाँ घटे पनि गाडीभाडा भने बढीमा १ प्रतिशतमात्रै घट्ने भएको छ । भाडा सस्तो भयो भने राजधानीबाट बाहिरी जिल्लामा चल्ने बसको भाडा २० रुपैयाँसम्म घट्ने छ ।

dashain-buspark

एक प्रतिशतमात्र गाडीभाडा घटेमा काठमाडौं उपत्यकाभित्र यात्रा गर्नेलाई १५ देखि ३० पैसासम्म र उपत्यका बाहिर यात्रा गर्नेलाई बढीमा २० रुपैयाँसम्म सस्तो पर्न जानेछ । यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने गृहकार्य सुरु गरे पनि अपेक्षा गरिएभन्दा निकै कम भाडा घट्ने देखिएको छ ।

‘अहिले अवस्था अनुसार ०.५३ प्रतिशत भाडा घटाउन मिल्ने देखिन्छ’ विभागका प्रवक्ता मुक्ति बहादुर केसीले भने- ‘व्यवसायीसँग सहकार्य गरेर १ प्रतिशतसम्म घटाउने प्रयास गछाैं ।’

तेलको मूल्य सस्तो हुँदा किन घट्दैन भाडा ?

वैज्ञानिक भाडा निर्धारण नीतिअनुसार भाडा समायोजन गर्दा निकै कम भाडा घट्ने प्रवक्ता केसीको भनाइ छ । विभागका महानिर्देशक संयोजक रहेको वैज्ञानिक भाडा निर्धारण समितिले सार्वजनिक यात्रुबाहक सवारी साधन र सार्वजनिक मालवाहक सवारीको भाडादर निर्धारण गर्दा इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य अवयवको मूल्यलाई ६५ प्रतिशत हिस्सा मान्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले तेलको भाउ घटे पनि अन्य वस्तुहरुको भाउ बढिरहेको हुँदा गाडीभाडा सर्वसाधारण यात्रुले सोचेभन्दा निकै कम घट्ने भएको हो । भाडा घट्न नदिने अन्य पक्ष भनेको चालक, कन्डक्टर तथा हेल्परको तलब, भन्सार, सडक दस्तुर, बैंकलाई बुझाउने ब्याज, लुबि्रकेन्ट, टायर लगायत १८ चिज छन् ।

तेलको भाउ घटे पनि अन्य वस्तुको भाउ बढिरहेको बताउँछन् विभागका प्रवक्ता केसी । ‘सरकारले वैज्ञानिक भाडा निर्धारण नीतिअनुसार गाडीभाडा घटाओस्, यसमा हामी सकरात्मक छौं’ यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले भने- ‘सरकारले आफूले बनाएको नीतिभन्दा बाहिर गएर भाडा थपघट गर्न भने पाउँदैन ।’

विभागले गाडीभाडा घटाउने गृहकार्य सुरु गरिसकेको प्रवक्ता केसीले बताए । ‘हामी अबको एक हप्ताभित्रमा गाडीभाडा घटाएर कार्यान्वयन गरिसक्छौं’ उनले भने- ‘यसअघि भाडा बढाउने तयारी गर्दा १८ वटा पक्षको अध्ययन भइसकेको हुँदा हप्तादिनमै भाडा घटाउन सकिने भएको हो ।’

सरकारले यसअघि ०६९ साल फागुन २५ गते गाडीभाडा वृद्धि गरेको थियो । त्यतिबेला सार्वजनिक यातायातको भाडा ९ प्रतिशत र मालवाहक ट्रकको भाडा १६.१५ प्रतिशतले बढाइएको थियो ।

त्यतिबेला भाडा बढाउँदा डिजेलको मूल्य लिटरको ९९ रुपैयाँ र पेट्रोलको मूल्य १२३ रुपैयाँ कायम थियो । अहिले डिजेलको मूल्य लिटरको ९२ रुपैयाँ र पेट्रोलको मूल्य ११६ रुपैयाँमा झरिसकेको छ ।

सरकारी प्रावधानअनुसार तेलको मूल्य ५ रुपैयाँ घटे वा बढेमा भाडा समायोजन गर्नुपर्छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरेपछि हरेक १५/१५ दिनमा मूल्य घटबढ भइरहन्छ ।

तेलको भाउ जतिसुकै थपघट भए पनि गाडीभाडा कम्तिमा ६ महिनासम्म घटाउन बढाउन सम्भव नभएको विभागका प्रवक्ता केसीले बताए । तेलको मूल्यअनुसार विभागले गाडीभाडा तत्काल घटाउन बढाउन नसकिने र यसो गर्न खोजिएमा झनै समस्या आउने उनको ठहर छ ।

ट्याक्सी भाडा तत्काल नघट्ने

ठूला सवारीको भाडा घटे पनि ट्याक्सीको भने भाडा तत्काल नघट्ने भएको छ । ‘अहिले घट्ने भाडा भनेको ठूला सार्वजनिक यात्रायातको मात्र हो, ट्याक्सीको भाडा घटाउनेतर्फ सोचिएको छैन’ विभागको भनाइ छ ।

घुसमा माओवादीकै नाम, कमिशनमा माओवादीकै नाम, रक्सीवाजीमा माओवादीकै नाम । लुटपाटमा माओवादीकै नाम अनि कसरी भन्ने कि यहाँ माओवादीहरु छन् ?

केही प्रमुख गन्तव्यको हाल कायम भाडा र सम्भावित घट्नसक्ने भाडा

स्थान हाल कायम सम्भावित घट्ने भाडा
काठमाडौं-हेटौंडा ४४६  ४.४६
काठमाडौं-वीरगञ्ज ५३१  ५.३१
काठमाडौं-सिन्धुली ७२२  ७.२२
काठमाडौं-जलेश्वर ७५२ ७.५२
काठमाडौं-विराटनगर १०२० १०.२
काठमाडौं-झापा ११५० ११.५
काठमाडौं-इलाम १३२५ १३.२५
काठमाडौं-काकडभिट्टा ११५३ ११.५३
काठमाडौं-गोरखा ३०२ ३.०२
काठमाडौं-भैरहवा ५५२ ५.५२
काठमाडौं-तुलसीपुर ८३२ ८.३२
काठमाडौं-चिसापानी कर्णाली १०८२     १०.८२
काठमाडौं-धनगढी १२९९ १२.९९
काठमाडौं-महेन्द्रनगर १३०९ १३.०९
काठमाडौं-वैतडी १७५५ १७.५५
काठमाडौं-साँफेबगर १८४२ १८.४२
काठमाडौं-बागलुङ ५९८ ५.९८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment