Comments Add Comment

खप्तड हुँदै बडीमालिकादेखि रामारोशनसम्म (फोटोकथा)

badimalika (2)

शब्द तस्वीर – भरतबन्धु थापा
९ पुस, काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्र अभाव र गरीवीको प्रतिनिधिस्थल हो कि सुन्दरताको ? यसबारे बेलाबखत बहस हुँदै आएको छ । तर, यहाँको प्राकृतिक छटालाई हेर्दा सुदूरपश्चिम दुःखको हैन, सुुख र सुन्दरताको अनुपम स्थल हो भन्नेमा कसैको दुईमत छैन ।

सुदूरपश्चिम मात्र नभई नेपालकै धार्मिक महत्व बोकेको खप्तड र बडीमालिकालाई जोडेर भर्खरै मात्र पर्यटक विकास समाज धनगढीले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तड, बाजुराको बडीमालीका र अछामको रामारोशनलाई समेटेर ‘फारवेस्ट हेरिटेज ट्रेल’ को नयाँ पदयात्रा तय गरेको छ ।

समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा अवस्थित बडीमालीका मन्दिरमा रहेका मूर्तिहरू

यो पदयात्राका लागि १९ दिन लाग्छ । पदयात्रामा समुद्र सतहबाट ३ हजार मिटर उचाइमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जबाट सुरु गरेर पदयात्राको सबैभन्दा अग्लो स्थान बाजुराको बडीमालिकाको ४ हजार २ सय १९ मिटर उचाइ पार गुर्नपर्छ । त्यसपछि २ हजार ९ सय मिटरमा उचाइमा अवस्थित रामारोशनमा पुगेपछि यात्रा समाप्त हुन्छ ।

सुदूरपश्चिमका पर्यटकीय स्थललाई पर्यटकको रोजाइमा पार्नको लागि सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने पर्यटन विकास समाजका अध्यक्ष कृष्णबहादुर महरा बताउँछन् ।

 

बडीमालीका ताल । यो ताल समुद्रि सतहबाट ३ हजार ४ सय मिटर उचाइमा छ ।
४ खप्तड राष्ट्रिय निकुञ्ज कार्यलय रहेको स्थानमा संग्रहालयसमेत छ ।
खप्तड राष्ट्रिय निकुञ्ज कार्यलय रहेको स्थानमा संग्रहालयसमेत छ ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने २२ वटा फाँटमध्ये सबैभन्दा ठूलो फाँट घोडा दाउनका लागि उपयुक्त मानिन्छ ।
खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने २२ वटा फाँटमध्ये सबैभन्दा ठूलो फाँट घोडा दाउनका लागि उपयुक्त मानिन्छ ।

badimalika (9)

badimalika (10)

badimalika (11)

badimalika (15)

badimalika (18)

badimalika (19)

khaptad (1)

khaptad (2)
खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने सबैभन्दा ठूलो ताल खप्तड तालमा नुहाएर त्रिवेणी मन्दिरमा पूजा अर्चना गरेपछि पापमोचन हुने जनविश्वास छ ।

Ramaroshan (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment