Comments Add Comment

बैंकक अपहरण काण्डमा मात्रिका माओवादीका उपत्यका इन्चार्ज संलग्न

Sujan-yadav

९ पुस, काठमाडौं । थाइल्याण्डमा तीन नेपाली विद्यार्थीको अपहरणमा मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी)का उपत्यका इन्चार्ज संलग्न रहेको खुलेको छ ।

बैंककबाट अपहरणमा परेका नेपाली विद्यार्थीहरुलाई छुटाउने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुजन यादव भनिने श्रीचन रायलाई पक्राउ गरेको छ ।

सर्लाही छतौना ९ का सुजन मात्रिका यादव नेतृत्वका बैकल्पिक केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज हुन् । यादव काठमाडौंबाटै पक्राउ परेका हुन् । ‘उहाँको श्रीमतीले पतीलाई पक्राउ गरेर लग्यो भनेर फोन गर्नु भएको थियो । तर, मैले थप बुझ्न पाएको छैन’ संयोजक माओवादी मात्रिकाले अनलाइनखबरसँग भने ।

बैंकक अपरहण काण्डमा संलग्न दुई पाकिस्तानी मुलका थाइ नागरिक वाकस रहमान र पाकिस्तानी नागरिक मोहम्मद जलिर पनि पक्राउ परेको सीआईबीले जनाएको छ ।

बैंककमा अध्ययनरत नेपाली विद्यार्थीहरु रोनेश श्रेष्ठ, कर्ण हाचेथु र विभुष रिजाल पुस ४ गते अपहरणमा परेका थिए । त्यसको भोलिपल्ट अपहरित विद्यार्थी मध्ये एकका अभिभावकलाई फोन गरी फिरौती रकम मागेका थिए ।

अपहरणकारीले फिरौती मागेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी उपरीक्षक पिताम्बर अधिकारी नेतृत्वको टोली बैंकक पठायो ।

नेपाल र थाइ प्रहरीको संयुक्त अनुसन्धानका क्रममा तीन विद्यार्थी ८ गते सकुशल रिहा भए भने दुई अपहरणकारी समातिए । पक्राउ पर्नेमा दुबै पाकिस्तानी थिए ।

अपहरणकारीहरुले फिरौती रकम बुझ्न सुजनलाई तोकेका थिए । उनले सम्पर्क सुत्रका रूपमा काम गरेको र अपहरणमा परेका विद्यार्थीका अभिभावकसँग मागिएको फिरौती रकम बैंककसम्म पठाउने जिम्मा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment