Comments Add Comment

एलजीले ल्यायो फायरफक्सबाट चल्ने पारदर्शी फोन

LG-firefox-34

कोरियाली स्मार्टफोन निर्माता एलजीले पहिलोपटक पारदर्शी स्मार्टफोन सार्वजनिक गरेको छ ।

फायरफक्स अपरेटिङ सिस्टमबाट चल्ने ‘एफएक्सओ’ नामक यो फोन बिहीबारदेखि जापानी बजारमा बिक्रि सुरु भएको छ ।

तस्वीरमा देखाइएजस्तै यो फोनको अघिल्लो र पछिल्लो भागको फोन कभर पारदर्शी छ । फोनमा प्रयोगका गरिएका पाटपूर्जा बाहिरैबाट देख्न सकिन्छ ।

LG-firefox-logo-sliver-.0

जापानी डिजाइनरले डिजाइन गरेको यो फोन पारदर्शी फिचरकै कारण धेरै फोन पारखीको ध्यान तान्न सफल भएको छ ।

एफएक्सओको अर्को मुख्य बिशेषता के हो भने यो एन्ड्रोइड, एप्पल वा विन्डोजजस्ता लोकपि्रय मोबाइल अपरेटिङ सिस्टमबाट चल्दैन् । वेब ब्राउजर निर्माता कम्पनी फायरफक्सले निर्माण गरेको अपरेटिङ सिस्टम ‘फायरफक्स’ यो फोन चल्छ ।

यो फोनको डिजाइन एलजीको जी ३ मोडलसँग मिले पनि साइजमा भने त्योभन्दा हल्का सानो अर्थात ४.७ इन्चको स्क्रिनमा उपलब्ध छ ।

Lg-firefox-top

जापानी कम्पनी केडीडीआईले एलजीको सहयोगमा जापानी बजारमा बितरण सुरु गरेको यो फोन जनवरी ६ देखि सर्वसाधारणका लागि उपलब्ध हुने छ ।

यस्ता छन् पारदर्शी फोनका बिशेषता

मोडल LG fx0
डिस्प्ले ४.७ इन्च एचडी डिस्प्ले
प्रोसेसर १.२ गिगाहर्ज क्वालकम
र्याम १.५ जीबी
स्टोरेज १६ जीबी, ६४ जीबीसम्म माइक्रो एसडी कार्ड
क्यामेरा मुख्यः ८ मेगापिक्सेल, अगाडीः २.१ मेगापिक्सेल
ब्याट्री २३७० एमएएच (१०१० मिनेट टकटाइम)
मोटाइ १०.५ एमएम
तौल १४८ ग्राम
रङ्ग सुनौलो
मूल्य ५० हजार जापानी येन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment