Comments Add Comment

टाटाले भित्रायो अत्याधुनिक ‘प्राइमा’ ट्रक

Tata-Prima

काठमाडौं । प्रख्यात भारतीय अटोमोबाइल निर्माता कम्पनी टाटा मोटर्सले ‘टाटा प्राइमा’ ट्रक नेपाली बजारमा भित्राएको छ । हेभी कमर्सियल भेहिकलमध्ये नेपाली बजारमा भित्रिएको यो अहिलेसम्मकै अत्याधुनिक ट्रक हो ।

नेपालमा टाटा गाडी सिप्रदी ट्रेडिङ प्रालिले आयात तथा बिक्री वितरण गर्दै आएको छ । उत्कृष्ट फ्युल क्षमता, शक्तिशाली, सुरक्षित र अत्याधुनिक प्रर्दशन गर्नसक्ने ‘टाटा प्राइमा’लाई उत्कृष्ट प्रविधिद्धारा नयाँ दृष्टिकोण र डिजाइनका साथ निर्माण गरिएको कम्पनीको दाबी छ ।

‘नेपालमा टाटा प्राइमाको प्रवेश नेपाली बजार र सार्क क्षेत्रमा अविच्छिन्न विस्तारका रुपमा एउटा महत्वपूर्ण कोशेढुंगा हो’ टाटा मोटर्सका इन्टरनेशनल बिजनेस प्रमुख आरटी हसनले भने- ‘नेपाली उपभोक्तालाई पछिल्लो विश्वव्यापी प्रविधिबाट तुलनात्मक व्यवसायी लाभ प्रदान गर्न हामी प्रतिवद्ध छौं ।’

मेक्सिकोको च्यासिस फ्रेम प्रविधि, अमेरिका र युरोपको इञ्जिन प्रविधि, जापान र कोरियाको विशेष टाई डिजाइन, इटालीको मुख्य डिजाइन, कम्पनीले नै डिजाइन गरेका क्याबिन, स्विक कम्पनीको बढी फ्रेब्रिकेसनसहित निर्माण गरिएको यस ट्रकलाई कम्पनीले वर्ल्ड ट्रकको संज्ञा दिएको छ ।

टाटा प्राइमाको क्याबिन विल्कुलै नयाँ एवं आकर्षक इन्टेरियरमा डिजाइन गरिएको र यसले चालकलाई हर समयमा आराम प्रदान गर्ने कम्पनीको दाबी छ । प्राइममा क्याबिन लगायतका अन्य विशेषताहरुमा चार प्वाइन्ट, सस्पेन्सन्, मेकानिकल्ली सस्पेन्डेड सिट, वैकल्पिक एसी र फराकिलो ठाउँ भएको प्राइम मल्टी एक्सल रेन्जका ट्रक भारत हुँदै पहिलो पटक नेपालमा ल्याइएको हो ।

फराकिलो प्राइमा क्याबिनले भारत र नेपालका चालकहरुलाई सहज, आरामदायी एवं सुरक्षित यात्रा प्रदान गर्ने सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले बताए । उनका अनुसार बिक्री पछिको सुविधाका लागि देशभर २४ वटा वर्कशप स्थापना गरिएको छ भने मुलुकभर ४६ वटा बिक्रीस्थल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment