Comments Add Comment

‘हलियाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध’

११ पुस, काठमाडौं । भूमि सुधारमन्त्री दलबहादुर रानामगरले मुक्त हलियाहरुको समस्या समाधानकालागि सरकारले छिट्टै जग्गा तथा राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘मुक्त हलिया पुनःस्थापनाका सवालमा मिडिया सम्वाद’ विचार गोष्ठीमा मन्त्री रानामगरले आगामी तीन वर्षभित्र दीर्घकालिन रुपमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

रकम अभाव तथा हदबन्दी जग्गाको टुंगो नलागिसकेकोले समस्या समाधानमा केही ढिलाई भएको उनले प्रष्टिकरण दिए ।

यसैवर्ष सरकारले पाँच सय १३ जना मुक्त हलियाहरुलाई राहत दिने घोषणा सरकारले गरिसकेको जानकारी समेत दिए । उनकाअनुसार १ सय ७१ जनालाई जग्गा, घर निर्माण र घर मर्मत गर्न रकम छुट्याईएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले मुक्त भएका हलियाहरुलाई सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने समेत स्पष्ट पारे ।

नेकपा एमालेका सभासद गौरी ओलीले कानुनी रुपमा हलियाहरुलाई मुक्त गरिए पनि व्यवहारमा कुनै किसिमको राहत दिन नसकेको गुनासो गरिन् ।

त्यस्तै अर्थ मन्त्रालयका सहसचिव कृष्णचन्द्र देवकोटाले हलियाहरुको पुनःस्थापना तथा समस्या समाधानको लागि पूर्ण प्रतिबद्ध रहेको बताए । भूमिसुधार मन्त्रालयबाट ठोस पहल भएर प्रस्ताव आए अर्थ मन्त्रालय रकम व्यवस्थापन गर्न तयार रहेको उनले स्पष्ट पारे ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ आन्दोलन परिचालन समितिका संयोजक डम्बर वि.क.ले सरकारले वर्गिकरण गरेको मुक्त हलियाहरुलाई वितरण गरेको परिचयपत्रमा नै त्रुटि भएको उल्लेख गर्दै पुनःवितरण गरिनुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment