Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेश खबर

राजधानीबाट आइतबार प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले एलपी ग्यास अभावः एक साता ग्यास सहज नहुने, बन्द फिर्ता लिन उद्योगीको आग्रह लगायतका खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा ग्यास सहज हुन अझै एक साता, ग्यारेन्टी फिर्ता दिलाउन सीसीबीले नै पहल गर्ने, बैंकहरुले अनावश्यक सेवा शुल्क लिन नपाउने, विषदी छर्किनै नपर्ने आलु विकास, ३४ सय युवा कोरिया जान योग्य लगायतका खबर छन् ।
अभियान दैनिकमा ग्यास अभावबारे सरकार ब्यवसायीबीच आरोपप्रत्यारोप, खेल गइरहेछ एक सय मेवा विद्युत, विरोध कार्यक्रम फिर्ता लिन महासंघको आग्रह, नेपाल-चीन चेम्बरले सीसीआईपीटीसँग सहकार्य गर्ने, चीनद्वारा नेपाललार्य १३ अर्ब सहयोग घोषणा, साताको अन्तिम दिन सुधारियो बजार लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मेला महोत्सव, बन्द फिर्ता लिन ब्यवसायीको आग्रह तथा पोखराको सडक महोत्सव विशेष खबर छापेको छ ।
नागरिक दैनिकमा ग्यासमा छिट्टै दोहोरो मूल्य, एजेन्ट विवादमा भेरी-बबई डाइभर्सन, करामा ब्यापक सुधार खाँचो रहेको निजी क्षेत्रको भनाई, उद्योग बढे पनि दूध अभाव, फलाउन भन्दा बेच्न सास्ती, नेप्से नौ अंकले बढ्यो लगायतका खबर छन् ।
आर्थिक दैनिकमा अर्थ समितिमा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्रालयका सचिवबीचको जुहारी, कुलेखानी तेस्रोको सिभिलतर्फको काम रोक्ने ठेकेदारको २८ दिनेअल्टिमेटम, जीडीपीमा सहकारीको योगदान दोब्बरले वृद्धि गरिने, ग्यास आपूर्ति सहज बनाउन आग्रह, ध्वजुको सजायँ र विगो रकम कम गराउन चलखेल लगायतका खबर छन् ।

11karobar

2nagarik

3aviyan

4annpurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment