Comments Add Comment

माओवादी अध्यक्ष वैद्य अस्पताल भर्ना

mohan-baidya१५ पुस, काठमाडाैं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य विरामी भएपछि अस्पताल भर्ना गरिएको छ । दमको समस्या रहेको उनी सोमवार साँझदेखि विरामी परेपछि अस्पताल भर्ना गरिएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम दिन कार्यकर्ताहरुको प्रश्नको जवाफ दिने क्रममा लामो समय बोल्न अप्ठ्यारो महशुस गरेका वैद्यलाई साँझ पख थप समस्या देखिएपछि सोमवार साँझ ६ तिर अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा भने सुधार आएको पारिवारिक स्रोतले अनलाईनखबरलाई जानकारी दिएको छ ।

भेलाकाे निर्णय सार्वजनिक गर्दै

नेकपा–माअाेवादीले मंगलवार नै पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्ने भएको छ । अध्यक्ष वैद्य विरामी भइ अस्पताल भर्ना भए पनि  राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्ने कार्यक्रम स्थगित नभएकाे माअाेवादीले जनाएकाे छ । अध्यक्ष विरामी भएपछि उपाध्यक्ष सीपी गजुरेलकाे उपस्थितिमा भेलाकाे निर्णय सार्वजनिक गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड र माधव नेपालले भेटे

यसैबीच बैद्यको स्वास्थ्य अवस्था बुझ्न एकीकृत नेकपा माओवादीका अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल नर्भिक अस्पताल पुगेका छन् ।
मंगलबार बिहानसँगै नर्भिक अस्पताल पुगेका उनीहरुले बैद्यको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment