Comments Add Comment

नयाँ वर्षमा अनलाइन बस टिकटमा पाँच प्रतिशत छुट

Online buss ticket१५ पुस काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष सन् २०१५ को अबसरमा बस टिकट काट्दा साबिक दरमा पाँ प्रतिशत छुट योजना संचालन गरेको छ ।

बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले यो छुट योजना डिसेम्बर ३० गतेदेखि जनवरी १४ गतेसम्म लागु जानकारी दिए । ‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर धेरैकाम हुनेहुदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो ।’ खनालले भने ।

बससेवाले विगत छ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात गरेको हो । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ ।

बससेवाले हाल देशभरका सयभन्दा बढी यातायात व्यवसायीहरूसँगको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा डिलक्स् तथा एसी बसको टिकट काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ ।

पोखरा, सौरहा लगायतका केहि स्थानमा भने टुरिष्ट गाडि तथा माइक्रो बसहरूका समेत टिकट उपलब्ध गराउँदै खनालले जानकारी दिए ।

अनलाइन टिकट काट्ने प्रक्रिया निकै सरल भएको उनले बताए । यात्रुले बससेवा डटकममा गइ आफु जाने गन्तब्य अथवा स्थान, मितिलगायत मागिएका विवरण भरेर ई-सेवामार्फत् रकम भुक्तानी गरि टिकट काट्न सक्नेछन ।

हाल अनलाइन टिकट काट्न सिकने रूटहरू

काकडभिट्टा बिराटनगर बिरगन्ज दील्ली सुनौली सुर्खेत
बिर्तामोड धरान चितवन मनकामना भैरहवा कोहलपुर
दमक कल्यानपुर हेटौडा पोखरा लुम्बिनी दैलेख
भद्रपुर राजबिराज लालबन्दी सौराहा तौलिहवा अर्घाखाँची
बनियानी मिर्चैया सर्लाही गाईघाट बुटवल गुल्मी
इटहरी लहान बर्दिबास जनकपुर पाल्पा कृस्णनगर
ईलाम पशुपतीनगर गौर नयापूल,कास्की गोर्खा वालिंग, स्याङ्जा
ओखलढुंगा घुर्मि भुलभुले,लमजुंग नेपालगञ्ज मिर्मी गल्यांग, स्याङ्जा
मलङ्वा रामेछाप सिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment