Comments Add Comment

विदेशी नागरिकले दिन थाले अनलाइनबाटै भिसा आवेदन

१८ पुस, काठमाडौ । नेपाल प्रवेशका लागि भिसा लिन चाहने अधिकांश विदेशी नागरिकले ‘अनलाइन’बाट आवेदन दिने थालेका छन् । सन् २०१४ जनवरीदेखि अध्यागमन विभागले भिसा आवेदनका लागि अनलाइन सुविधा कार्यान्वयनमा ल्याएको थियो ।

अहिले नेपाल प्रवेशका लागि दिइएका भिसा आवेदनमध्ये ७० प्रतिशत अनलाईनबाट प्राप्त हुने गरेको विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए, अभियान दैनिकमा खबर छ ।

ढकालका अनुसार अनलाइन आवेदनमा अभ्यस्त नभएका, त्यसको प्रक्रिया थाहा नपाएका र हतारमा आउनेहरुले मात्र हस्तलिखित आवेदन पेश गर्ने गरेका छन् । अनलाइन आवेदनको प्रयोगबाट विभाग र पर्यटक दुवैको समय र खर्च बचत हुने उनले बताए ।

विभागले हाल हवाई मार्ग प्रयोग गरी नेपाल भित्रने पर्यटकका लागि मात्र अनलाइन आवेदनको सुविधा उपलब्ध गराएको छ । सो कार्यका लागि पहिलो चरणमा काठमाडौस्थित विभागको केन्द्रीय कार्यालयमा एउटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पाँच वटा मेशिनमार्फत भिसा उपलब्ध गराइरहेको छ । घरमा बसीबसी आवेदन दिन सकिने भएपछि यसको उपयोग बढी हुने गरेको विभागको भनाइ छ ।

अनलाइनमार्फत दिइएको आवेदन नम्बर ‘इन्ट्री’ गर्नासाथ प्राप्त हुने विवरणका आधारमा पर्यटकलाई भिसा उपलब्ध गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment