Comments Add Comment

निकासी बढाउन सरकारले एकीकृत ब्यापार रणनीति सूचीमा परेका वस्तु र सेवा घटायो

१८ पुस, काठमाडौ । सरकारले निकासीलाई बढवा दिन नेपाल एकीकृत ब्यापार रणनीति (एनटीआईएस) को सूचीमा परेको वस्तु र सेवालाई घटाएर १५ मा झारेको छ । निकासी बढाएर ब्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले चार वर्षअघि ल्याएको रणनीति प्रभावकारी हुन नसकेपछि प्राथमिकता सूची १९ बाट १५ मा झारिएको हो । यसअघि १९ वस्तु र सेवा प्राथमिकताको सूचीमा थिए, नागरिक दैनिकमा खबर छ ।
वस्तु निर्यातको सम्भावना, अन्तर्राष्ट्रिय बजार पहुँच, कच्चा पदार्थको उपलब्धता तथा आम्दानी बढाउन सक्ने सम्भावना लगायतका आधारमा वस्तु र सेवा क्षेत्र छानिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा रणनीति परिमार्जन वर्किङ् कमिटी संयोजक तोयनारायण ज्ञवालीले बताए ।

‘हामीले निकै कम वस्तु र पाँच तरी सेवा क्षेत्र समेटिने छ । सहसचिव ज्ञवाली संयोजकत्वको समितिले झण्डै एक वर्ष लगाएर त्यस्ता वस्तुको प्रारम्भिक सूची तयार पारेको हो ।

मन्त्रालयले नेपाल ब्यापार एकीकृत रणनीति-२०१० को समीक्षा गर्न गत वर्षदेखि काम गर्दै आएको थियो । पुरानो रणनीति समीक्षाको प्रारम्भिक मस्यौदामाथि निजी क्षेत्र, सम्बन्धित क्षेत्र सम्बन्धित क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय सहयोग साझेदार लगायतसँग छलफल गरेपछि स्वीकृतिका लागि मन्त्रीपरिषद पठाइने ज्ञवालीले जानकारी दिए ।

सन् २०१०मा ल्याइएको रणनीतिमा विभिन्न १२ वस्तु र ७ सेवा क्षेत्र गरी १९ वटालाई प्राथमिकतामा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment