Comments Add Comment

मधुसँग घुमेर राजेशको नयाँ बर्ष

नायक राजेश हमाललाई मिडिया र दर्शकले सार्वजनिक रुपमा घुमेको खासै देख्दैनन् । यसैले पनि हमालको दुर्लभ अवतार देख्न धेरैलाई हतारो हुन्छ ।

rajesh-masti-with-madhu
तर, अंग्रेजी नयाँ बर्षमा भने हमालले श्रीमती मधुलाई लिएर घुमघाम गरेका छन् । फेसबुकमा तस्बिर पोष्ट गर्दै हमालले आफूले मधुसँग नयाँ बर्षमा रमाइलो गरेको खुलाएका छन् ।

ठमेल, दरबारमार्ग घुम्दै रमाइलो गरेको उनले जनाएका छन् । हमालले मधुसँग बिताएको समय रमाइलो भएको समेत जनाएका छन् । उनले लेखेका छन्-‘नयाँ बर्षको अवसरमा मधु र म काठमाण्डौका सडकमा घुम्यौ । स्वयम्भु, ठमेल, दरबारमार्ग पुग्यौ ।’

बिहे अगाडि हमाल यसरी घुमेको खासै देखिदैनथ्यो । तर, बिहे पछि उनले सार्वजनिक स्थानमा आफूलाई अगाडि ल्याउन थालेका छन् ।rajehs-and-madhu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment