Comments Add Comment

‘ग्यास अभाव एक साता भित्र हट्छ’

१८ पुस, काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा भएको चरम अभाव एक साता भित्र हट्ने दाबी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयल निगमका कार्यकारी निर्देशकलगायतले एक साताभित्र आपूर्ति सहज हुने दाबी गरेका हुन् ।

GASS
अनामनगरमा ग्यास लिनेहरुको भीड

ग्यास अभावबाट उपभोक्ताले भोग्नुपरेको कष्टबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरुसँग छलफल गरेको थियो । ‘सम्वद्ध पदाधिकारीहबाट आम उपभोक्ताहरूले दैनिकरुपमा प्रयोग गर्ने खाना पकाउने ग्याँसको आपूर्ति र वितरणलाई ७ दिन भित्र सहज बनाउने प्रतिवद्धता व्यक्त गरियो,’ अख्तियारले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा सहभागीहरुले अनुगमन प्रणाली प्रभावकारी बनाउने, कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्नेहरू उपर कानून बमोजिम कारवाही गर्ने र ग्याँस लगायतका पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणको वास्तविक अवस्थाबारे सूचित गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उल्लिखित प्रतिवद्धताहरू अनुरूप काम गरे नगरेको सम्बन्धमा आयोगबाट निरन्तर अनुगमन एवम् निगरानी हुने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment