बितेको वर्ष सन् २०१४ मा बिक्रि र नाफाको हिसाबले एप्पल नम्बर वान फोन कम्पनी बन्न सफल भयो । तर, बिक्रिमा नम्बर वान बने पनि आफ्ना उपभोक्तालाई खुसी पार्नमा भने एप्पल चुकेको छ । एप्पलको आइफोन लगायतका ग्याजेट प्रयोग गर्ने भन्दा सामसुङका फोन प्रयोग गर्ने मानिसहरु बढि खुसी रहेको एक अध्ययनले देखाएको छ ।
अमेरिकी उपभोक्ता सन्तुष्टि सूचकांक अनुसार सामसुङका उपभोक्ता एप्पलका उपभोक्ताभन्दा बढि सन्तुष्ट तथा खुसी भएको देखिएको हो । अघिल्लो वर्षको नतिजा उल्टाउँदै सामसुङ उपभोक्ता खुसी पार्ने नम्बर वान स्मार्टफोन कम्पनी बनेको छ ।
सन् २०१४ मा सामसुङले यो सूचकांकमा ८१ नम्बर पाएको छ, जबकी एप्पलको दुई नम्बर कम अर्थात् ७९ नम्बर छ ।
अघिल्लो वर्ष सन् २०१३ भन्दा उपभोक्ता सन्तुष्टि सूचकांकमा सामसुङले ६ अंकले बढोत्तरी गर्न सफल भएको छ भने एप्पलले मात्र ३ अंक ।
२०१३ मा पहिलो नम्बरमा रहेको एप्पलको ८१ अंक थियो भने सामसुङको ७६ अंक ।
विश्लेषकहरुका अनुसार एप्पलको सन्तुष्टि प्रदायक सूचकांक घट्नुमा आइफोन सिक्स र आइफोन सिक्स प्लस कारक हुनसक्छन । यी दुई स्मार्टफोन गोजीमा राख्दा समेत बांगिएको भनि कतिपय उपभोक्ताले गुनासो गरेको समाचार सार्वजनिक भएको थियो ।
त्यसको विपरित सामसुङको ग्यालेक्सी नोट फोर र ग्यालेक्सी एस फाइभलाई भने उपभोक्ताले कुनै खोट लगाएनन् ।
मोबाइल फोन कम्पनीमध्ये उपभोक्तालाई सन्तुष्टि दिने मामिलामा सामसुङ र एप्पलपछि नोकिया, मोटोरोला, एचटिसी, ब्लाकबेरी तथा एल जी रहेका छन् ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4