Comments Add Comment

सुवास नेम्वाङसँग रिसाए कृष्ण सिटौला

२० पुस, काठमाडौं । संविधानसभा अन्तरगत मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सभाध्यक्ष सुवास नेम्वाङसँग रिसाएका छन् ।

krishna parsad situlaaसभाध्यक्ष नेम्वाङले संविधानको मस्यौदा आफूले लेख्ने भनेकोमा सिटौलाले असन्तुष्टि जनाएका हुन् । नेम्वाङको प्रस्तावबारे धारणा बनाउन आइतबार बसेको मस्यौदा समितिको बैठकमा सभापति सिटौलाले भने ‘संविधानको मस्यौदा लेख्न समिति आफै सक्षम छ, अरुलाई दिनै पर्दैन ।’

अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदा लेख्ने जिम्मा आफूलाई दिन प्रस्ताव गरेपछि संविधानसभा अन्तर्गतको मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला आफ्नो अधिकार खोस्न लागेको भन्दै रुष्ट बनेका छन् ।

संविधानसभा अन्तरगतकै समितिको जिम्मेवारी संविधानसभा अध्यक्षलाई दिन नसकिने सिटौलाले आइतबार समितिको बैठकमा बताए । उनले त्यसका लागि एक साताको समय चाहिने बताए । ‘एक हप्ताभित्र हामी यो काम पूरा गर्न सक्छौं’ सिटौलाले भने ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले नेम्वाङको प्रस्ताव सकारात्मक भएको भन्दै उनलाई नै मस्यौदा निर्माणको जिम्मा दिनुपर्ने निर्णय गरेको थियो । यसमा सत्ता साझेदार एमाले पनि सकारात्मक थियो ।

तर, कांग्रेसकै महामन्त्री सिटौला सभापति रहेको मस्यौदा लेखन समितिले भने नेम्वाङको प्रस्ताव मस्यौदा समितिलाई नै निलम्वन गर्ने नियतले आएको भन्दै मान्य नहुने बताएको छ ।

बैठकमा एमाले नेता भरतमोहन अधिकारीले पनि मस्यौदा समितिलाई नै संविधानको मस्यौदा बनाउन दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment