Comments Add Comment

नेपालको मह राज्यको निर्यात योग्य सूचीबाट हट्दै

२० पुस, काठमाडौं । मौरी पालन व्यवसायीलाई धरासायी बनाउन राज्यले नेपालमा उत्पादित महलाई निर्यातयोग्य व्यापार रणनीति (एनटीआइसी) को सूचीबाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रीय सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Mauripalan-finalआइतवार काठमाडौंको अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलन गरी संघले यस्तो चेतावनी दिएको हो ।

अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित महको बढ्दो माग र मौरीपालनले व्यवसायिक रुप लिइरहेकोबेला राज्यले वाणिज्य तथा आपूर्ति विभाग अन्तर्गत निर्यात योग्य व्यापार रणनीतिको सूचीबाट हटाउन षडयन्त्र गरिरहेको पत्रकार सम्मेलनमा सहभागीले दाबी गरे ।

कार्यक्रममा नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ अध्यक्ष अर्जुन पोखरेलले नेपालमा उत्पादित मह पााच हजार रुपैयाा बराबरको पनि निर्यात नभएको गलत तथ्यांक देखाएर एनटीआइसीको सूचीबाट हटाउन खोजिएको बताए । अन्तराष्ट्रिय बजारमा नेपालको महको माग बढिरहेको बेला राज्यले असहयोग गरे सिंहदरबार घेर्ने चेतावनी दिए ।

उनले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको मह परीक्षण प्रयोगशाला स्थापना गर्न मागसमेत गरे ।

विभिन्न ३० जिल्लामा ९८ वटा प्रारम्भिक सहकारीहरुबाट अरबौं मूल्यको मह उत्पादन भइरहेको सहकारी संघले जानकारी दिएको छ । करिब ४ हजार किसानहरु यस पेशामा प्रत्यक्ष संलग्न रहेको संघको तथ्यांक छ ।

नेपालमा वार्षिक करिब एक हजार ६ सय मेटि्रक टन मह उत्पादनमा सहकारीका किसानहरुले मात्रै एक हजार मेटि्रक टन मह उत्पादन गर्दै आएका छन् । नेपालमा बार्षिक १० हजार मेटि्रक टन मह उत्पादन क्षमता रहेको र करिब २ अर्ब रुपैयाा बराबरको ‘नेचुरल’ मह निर्यात गर्न सकिने सम्भावना रहेको पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment